घनश्याम बुढाथोकी, रोल्पा
२८-साउन / जिल्ला प्रहरी कार्यालय रोल्पा र सामुदायीक प्रहरी सेवा केन्द्र रोल्पाले विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको छ । समुदाय केन्द्रीत काम गर्दै आएको सामुदायीक प्रहरी सेवा केन्द्रले ट्राफीक नियम सम्बन्धि कार्यक्रम गरेको हो ।

सामुदायीक प्रहरी सेवा केन्द्र र जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाको सहकार्यमा रोल्पा नगरपालिका ४ स्थित शिबालय चोकमा कार्यक्रम गरिएको हो ।

सो अबसरमा सवारी साधनका सवारी धनी,चालक,सहचालकलाई ट्राफिक नियमका बारेमा जानकारीप् दिनुका साथै चेतनामुलक पर्चा समेत बितरण गरिएको सामुदायीक प्रहरी सेवा केन्द्रका प्रहरी हवल्दार पुर्ण आकाश दिप सिहले जानकारी दिए ।

यसैगरी सोहि स्थानमै रहेको शिबालय मन्दिर पनि सरसफाई गरिएको छ । सामुदायीक प्रहरी सेवा केन्द्रका पदाधीकारी,प्रहरी कर्मचारीहरूको सहभागीतामा मन्दीर परिसरमा सरसफाई गरिएको हो । सामुदायीक प्रहरी सेवा केन्द्रको जनस्वाथ्य,सरसफाई तथा बाताबरण कार्यक्रम कार्य योजना अन्तर्गत मन्दीर परिशरमा सरसफाई कार्यक्रम गरिस्एको हो ।

मन्दीर सरसफाई कार्यक्रममा जिप्रका रोल्पाका निमित्तकार्यालय प्रमुख सुरेन्द्र धमला, सेवा केन्द्रका अध्यक्ष निम बहादुर सिंह ठकुरी लगायत ४० जनाको सहभागीता रहेको थियो ।।

K&K

Urban

Manokamana Auto

Deepshanti Technical College

प्रतिकृया

प्रतिकृया