तुलसीपुर,
८-भदौ / सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालका लागि आधिकारीक बिक्रेता भिजि अटोमोबाईल्सले सुजुकी नेपालको डिलर मिट सम्पन्न गरेको छ। काठमाडौको पार्क भिलेज रिसोर्ट मा ३ दिन सम्म संचालन भएको डिलर मिट कार्यक्रम सौहार्दपुर्ण तरिकाले सम्पन्न गरेको छ।

नेपालभरिका सम्पुर्ण डिलरहरु संग भलाकुसारी तथा ब्यबसाय प्रबर्द्धन का बिषयमा एक एक गरी कम्पनिका ब्यबस्थापन पक्षले एक-एक गरी छलफल समेत गरेको छ। साथै डिलर मिटको अबसर पारेर कम्पनिले ८ प्रकारका अवार्ड बितरण गरेको थियो।


सो अबसरमा सुजुकी मोटरसाईकल तथा स्कुटरको तुलसीपुरका लागि आधिकारिक बिक्रेता न्यु केसि अटोमोबाईल्स ले बिक्रि तर्फ नेपाल प्रथम अवार्ड जितन सफल भएको छ, त्यसै गरी मोटरसाईल बिक्रि तर्फ पनि नेपाल प्रथम अवार्ड जित्न सफल भएको छ र बिदेश भ्रमण गर्ने अबसर समेत प्राप्त गरको न्यु केसि अटोमोबाईल्स का संचालक प्रेम केसि ले जानकारी दिए।

पुरस्कार को बितरण भिजि अटोमोबाईल्स का सहायक प्रबन्धक धिरज भट्टराई ले प्रदान गरेका थिए।  सुजुकि नेपालको प्रथम अवार्ड प्राप्त गरीसकेपछिको अनुभव साटासाट गर्दै न्यु केसिका संचालक केसिले आफु प्रथम पुरस्कारको दाबेदार रहेको र सोहि कम्पनिले पनि मलाईनै छनोट गरेर आगामि बर्ष मा बिक्रि तथा बिक्रि पछिको सेवा प्रदान गर्न आफुमा थप हौसला तथा जिम्मेवारी थपिएको जानकारी दिए। साथै ०७५ र ७६ मा ५०० मोटरसाईकल तथा स्कुटर बिक्रि गर्ने लक्ष्य लिएर अगाडि बढेको जानकारी दिए।
 

K&K

Urban

Manokamana Auto

प्रतिकृया

प्रतिकृया