लक्ष्मण बस्नेत,तुलसीपुर
२३ भदौ/ तेक्वान्दो ग्रेडिङ तथा दिक्षान्त समारोह आज सनिवार दाङको तुलसीपुरमा सम्पन्न भएको छ ।बेलझुण्डी तेक्वान्दो डोजाङको आयोजनामा भएको समारोहमा सिनियर ब्ल्याक बेल्ट तर्फ १३जना र जुनियर तर्फ ९४ जना गरि जम्मा १ सय सात जना खेलाडी दिक्षित भएका छ्न ।यसरी दिक्षित हुनेमा हाम्रो पहुँच तेक्वान्दो डोजाङ बाट सिनियर ब्ल्याक बेल्ट तर्फ ९ जना र बेल्झुण्डी तेक्वान्दो डोजाङ बाट ४ जना रहेका छ्न ।

ग्रेडिङ तथा दिक्षान्त समारोहमा हाम्रो पहुँच, डिभाईन टेम्पल र बेल्झुण्डी तेक्वान्दो डोजाङका सिनियर तथा सुनियर खेलाडिको सहभागिता रहेको थियो। ग्रेडिङ कार्यक्रमको मुख्य प्रशिक्षकमा नेपाल तेक्वान्दो सघ प्रदेश न ५ का कोषाध्यक्ष तथा अन्तरास्ट्रिय खेलाडी मोहन सुनार, तेक्वान्दोका सहायक प्रशिक्षक राकेश परियार,भोलेन्टिएर प्रशिक्षक स्वागत परिवार रहेका थिए  ।

कार्यक्रम बेल्झुण्डी तेक्वान्दो डोजाङका सरक्षक शिव कुमार थापाको अध्यक्षता तथा नेपाल तेक्वान्दो सघ प्रदेश न ५ का उपाध्यक्ष एवं तेक्वान्दोका पुर्ब रास्ट्रीय खेलाडी जित बहादुर के सि को प्रमुख आतिथ्यमा भएको थियो ।कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी केसिले मानव स्वास्थ्य सग प्रत्यक्ष जोडिएको खेलकुदको बिकास बिना देशको समृद्धि असम्भव भएको बताएका छन ।व्यावसायिक खेलकुद अबको गन्तव्य बन्न सक्नु पर्छ त्यसैमा देशको समृद्धि छ उनले भने ।बिकास,अनुशान र गतिशीलतालाई एउटा खेलाडिले उच्च आदर्शका रुपमा पालना गर्नु पर्ने पनि उन ले बताएका छन ।

सो अबसरमा मध्य पश्चिम क्षेत्रीय भलिबल सघका अध्यक्ष देबेन्द्र बैरागी,तुलसीपुरउपमहानगरपालिका कार्यपालिका सदस्य दिपक कुमाल,गोरखा माबी तुलसीपुरका प्राचार्य बिजय जिएम,तुलसीपुर नगरजेसिजका अध्यक्ष दिपेश भण्डारी, निवर्तमान अध्यक्ष बिमल पौडेल,खेलकुद पत्रकार मन्च दाङका अध्यक्ष लक्ष्मण बस्नेत,हाम्रो पहुच सेकेण्डरी स्कुल तुलसीपुरका शिक्षक तिलक कालाथोकी लगाएतकाले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रमको सन्चालन तेक्वान्दोका सहायक प्रशिक्षक राकेश परियारले गरेका थिए  ।

K&K

Urban

Manokamana Auto

प्रतिकृया

प्रतिकृया