ओमप्रकाश गुप्ता,भालुवाङ
२४ भदौ/ देउखुरीको राप्ती गाउँपालिका अन्तर्गत सामुदायिक विद्यालयमा कार्यरत निजी शिक्षक तथा कर्मचारीहरु विरोधमा उत्रिएका छन् । हालै गाउँपालिकाले निजी शिक्षक तथा कर्मचारीहरुलाई गाउँपालिकाबाटै तलव खुवाउने निर्णय गरेको थियो । तर सो निर्णय निजी शिक्षक तथा कर्मचारीहरुका लागि ताकिएको तलव मापदण्ड विपरीत भएको भन्दै विरोधमा उत्रिएका हुन् ।

उनीहरु आइतवार सर्वोदय मावि सिसहनियाँमा भेला भई एक सघर्ष समिति समेत गठन गरेको छ । राप्ती गाउँपालिका स्तरीय शिक्षक महासंघका महासचिव रामनारायण चौधरीको अध्यक्षतामा बसेको संयुक्त बैठकले सो समिति गठन गरेको हो । गठित समितिको अध्यक्षमा राजकिरण खत्री,उपाध्यक्षमा विष्णुप्रसाद चौधरी,सचिवमा सुनिलकुमार चौधरी, कोषाध्यक्षमा लक्ष्मी शाही रहेका छन् ।

त्यसै गरी सदस्यहरुमा आषिश चौधरी,पवन चौधरी,कृष्णामाया चौधरी, तुलबहादुर कंवरमगर र राजकुमार चौधरी रहेका छन् । आइतवार नै संघर्ष समितिले गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीलाई ७ बुदे माग राखी ज्ञापनपत्र समेत बुझाएको छ ।

संघर्ष समितिले सामुदायिक विद्यालयमा कार्यरत निजी शिक्षक तथा कर्मचारीको तलव निर्धारण गर्दा नेपाल सरकारको मापदण्ड अनुसार गर्नुपर्ने,आधारभुततहको नियुक्ती भएता पनि मावितह सम्म अध्यापनरत शिक्षकको लागि नेपाल सरकारको मापदण्ड अनुसार सेवा सुविधा पाउनु पर्ने, अध्यापन अनुमतीपत्र ५ वर्ष सम्मका लागि उपलब्ध गरानु पर्ने, अध्यापन अनुमतीपत्र नभए पनि सेवा सुविधाबाट बञ्चित गर्न नहुने, पोशाक भक्ता उपलब्ध गराउनु पर्ने लगायतको माग राखेको छ । गाउँपालिकाको शिक्षा समितिको भदौ १३ गते बसेको बैठकले निजी शिक्षक प्रावि तर्फ १२ हजार, आधारभुततह तर्फ १४ हजार रुपैयाँ तलव निर्धारण गरेको थियो ।

K&K

Urban

Manokamana Auto

प्रतिकृया

प्रतिकृया