घोराही
२८ भदौ/ शिव पार्वती तथा राधाकृष्ण मन्दिर घोराही १७ गुलरीयाको व्यवस्थापनका लागि तीजका अबसरमा ३७ हजार रुपैयाँ संकलन भएको छ । तीज पर्वको अबसरमा हिजो मन्दिर व्यवस्थापन समितिले आयोजना गरेको तीज मिलन कार्यक्रममा बिभिन्न व्यक्तिहरुले मन्दिर व्यवस्थानका लागि आर्थीक र जिन्सी सामान सहयोग गरेका हुन् ।

समितिका अध्यक्ष बासुदेब गौतमको अध्यक्षता एवं समितिका सल्लाहकार हरिप्रसाद पाण्डेयको प्रमुख आतिथ्यतामा भएको नाँचगाँन कार्यक्रममा घोराही १७ गुलरीयामा रहेको नमुना क्लवले १० हजार मूल्य बराबरको कुर्सी सहयोग गरेको छ ।

त्यसैगरी, तिज मिलन कार्यक्रममा सहभागि भएकाहरुले ३७ हजार रुपैयाँ सहयोग गरेको समिति सदस्य कमल ओलीले जानकारी दिएका छन । तीज मिलन कार्यक्रममा सैयौ महिला तथा पुरुषहरु सहभागि भई रमाईलो गरेका थिए । समितिले तिज मिलनलाई सफल पार्ने सबैलाई धन्याबाद समेत दिएको छ ।

Urban

Manokamana Auto

K&K

प्रतिकृया

प्रतिकृया