होलेरी
३ असोज/  रोल्पाको एक सामुदायिक रेडियोले सामाजिक काम गरेर संबिधान दिवस तथा रेडियोको ७ औं बार्षिकोत्वस मनाएको छ । रोल्पाको होलेरीमा रहेको रेडियो सुनछहरीले रोल्पाको होलेरी वजार सरसफाई गरेको हो । लामो समय सरसफाइको प्रतिक्षामा रहेको होलेरी वजारलाई बुधबार सरसफाई गरिएको हो । सरसफाई कार्यक्रममा गाउँपालिका प्रमुख वालाराम बुढा सहित नौ वट वडाका वडाअध्यक्षहरुको सहभागिता रहेको थियो ।

रुन्टीगढी गाँउपालीका र रेडियो सुनछहरीको सहकार्यमा सरसफाई भएको हो । साथै कार्यक्रममा रोल्पा जिल्ला समन्वय समितिका उपप्रमुख विमला थापा,होलेरीमा क्रियासील उद्योग बाणिज्य संघ रुन्टीगढी, होलेरी वजार व्यवस्थापन समिति, सरसफाइ समिति, होलेरीबासी र गाउपालिकाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

होलेरीमा फोहर ब्यबस्थापन चुनौतीको बिषय बन्दै गएको थियो , त्ययो समस्या पनि समाधान भएको छ । बजारका १० स्थानमा फोहर फाल्ने ड्रम पनि राखिएको छ । साथै व्यवस्थापनको जिम्मा लिएको रेडियो सुनछहरी एफ.एमका स्टेशनम्यानेजर सन्तोष शर्माले अभियानमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए ।

प्रतिकृया

प्रतिकृया