मनिषा राई,रोल्पा
३ असोज/ रोल्पाको माडि गाउपालिका २ घर्तीगाउमा संविधान दिवसको अवसरमा -याली निकालिएको छ । माडी गाउपालिकाको आयोजनामा घर्तीगाउँमा -यालीले बजार परिक्रमा गरीएको थियो ।  -याली पस्चात मुख्य चोकमा पुगेर कोणसभा गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै माडी गाउपालिका प्रमुख नन्द बहादुर पुनले संविधान लामो संघर्ष र बलिदानीबाट जारी भएको भन्दै देशलाई सम्बृद्धीको दिशामा अघि बढाउनु पर्ने सबैको दायित्व भएको बताए ।

संविधानमा लेखिएका अधिकारलाई जनताको न्यायसँग जोड्दै देश विकास र संबृद्धिमा लाग्नु नै अहिलेको आबश्यकता भएको उनको भनाई छ । संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गर्दै समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको उल्लेख गर्दै उनले संबिधान कार्यान्वयनको पक्षलाई बलियो बनाउन आबस्यक रहेकोमा जोड दिए ।

प्रतिकृया

प्रतिकृया