मनिषा राई,रोल्पा
५ असोज / भित्र्याउने अवस्थामा रहेको मकै बाली बदेलले सखाप पारेपछि रोल्पाका कृषक हैरान भएका छन् । जिल्लाको बिभिन्न स्थानमा पाक्नै लागेको मकै बदेलले खाइदिदा अव आफुहरुले के खाने भनेर कृषकहरु चिन्तित बनेका हुन् ।

जिल्लाको रोल्पा नगरपालिका ५ गोगनपानी, बाडचौर, मजुवा, जगतीपोखरा लगायतका गाउमा बदेलले मकै सखाप पारेपछि किसानहरु अव के खाने भनेर चिन्तामा रहेको वडाअध्यक्ष टोप बहादुर बिकले बताएका छन ।

आफुले नगर कार्यपािलकामा पनि कुरा राखेको भएता पनि नगरपालिकामा पनि क्षतिपुर्तिका लागि कुनै कार्यक्रम नरहेकाले समस्या भएको उहाको भनाई छ ।

थोरै भएपनि राहत दिन सकेमा कृषकहरुलाई केहि समस्या टार्न सहज हुने भन्दै वडा कार्यलयले त्यसको लागि पहल गर्ने योजना बनाइरहेको समेत वडाअध्यक्ष बिकले जानकारी दिएका छन ।

नया वाली भित्रयाएर चाडपर्व मनाउने सोचमा रहेका कृषकहरु बाली भित्र्याउनै नपाएपछि मर्कमा परेका हुन् । दशै, तिहार जस्ता महान पर्व आउदैछ स्थानिय कृषक रविलाल घर्तीमगरले भन्नुभयो । घरमा खाने अन्न नै छैन बालबच्चालाई कसरी पाल्ने भन्ने चिन्ता लागेको छ ।

यस्तै अर्का कृषक गणेश वली पनि उस्तै चिन्तमा छन । बर्षभरि खाने अन्न कहाबाट जुटाउने भन्ने चिन्ताले सताएको उनले बताएका छन । यस्तै जिल्लाको त्रिवेणी गाउपालिका १ करेटी, रुन्टिगढि गाउपालिका १ ओवाङ लगायतका स्थानमा पनि बदेलले मकै सखाप पारेपछि स्थानिय हैरान भएका छन् ।

प्रतिकृया

प्रतिकृया