सल्यान,
१४ – असोज / सल्यानको छत्रेश्वरी गाउँपालिकाले मोटर बाटाहरुको मर्मत कार्य सुरु गरेको छ । वर्षातको समयमा विग्रीएका प्रमुख तथा ग्रामीण मोटर बाटाहरुको मर्मत कार्य सुरु गर्न लागिएको हो । विशेष गरी वर्षातको समयमा खसेका पहिरा तथा खाल्टा खुल्टी पुर्ने काम सुरु भएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अन्तर्गतका ७ वटै वडामा विग्रेका ग्रामीण तथा प्रमुख सडकहरु दशैं अगाडी नै खुलाउने उद्देश्यले काम भइ राखेको गाउँपालिकाका अध्यक्ष सन्तोष के.सी. ले जानकारी दिए । हामीले काम सुरु गरिसक्यौं, दशैको घटस्थापना अघि नै सम्पूर्ण प्रमुख तथा ग्रामीण सडक बाटाहरु पूर्णरुपमा मर्मत गरिनेछ, अध्यक्ष के.सीले भने ।

विशेष गरी गाउँपालिका अन्तर्गत पर्ने लान्ती लेखपोखरा दहखोला, शंखमुल दारिमज्यूला जयचौर, मोखला दमाचौर झ्याम सडक संगै वडा नं. १ मा पर्ने १० वटा, वडा नं २ मा पर्ने ४ वटा, वडा नं. ३ मा पर्ने ५ वटा, वडा नं. ४ मा पर्ने ४ वटा, वडा नंं ५ मा पर्ने ८ वटा, वडा नं. ६ मा पर्ने ४ वटा र वडा नंं ७ मा पर्ने ४ वटा ग्रामीण सडक हरु डोजर लगाएर मर्मत कार्य सुरु गरिएको हो ।

घटस्थापना अघि नै सम्पूर्ण सडकहरु मर्मत भई सडकहरुमा सहजै गाडी मोटर सुचारु भएपछि ती सडक प्रयोग कर्ता तथा आम स्थानीयवासीहरुलाई आवत जावतमा सहज हुने गाउँपालिकाले जनाएको छ ।

 

 

 

 

 

प्रतिकृया

प्रतिकृया