शंकर के सी,सल्यान
१५ असोज/ जिल्लाको शारदा नगरपालिकाले दशै खर्च वापत दुई हजार रुपैयाँ दिन शुरु गरेको छ । नगरभित्र रहेका ८० वर्ष भित्रका जेष्ठ नागरिकलाई सम्मान स्वरुप दुई हजार रुपैयाँ वितरण गर्न शूरु गरिएको जनाएको छ । ‘

वर्षको एक पटक हामीले दशैं खर्च भनेर दुई हजार रुपैंया वितरण गर्न शुरु गरेका छौं’, नगर प्रमुख सुरेश अधिकारीले भने ।नगरपालिकाले जेष्ठ नागरिकलाई दिएको दुई हजार रुपैयाँले नेपालीहरुको महान चाड दशैं तिहारका बेला घरमा आउने चेलीबेटीलाई बृद्धबृद्धारुले टिका दक्षिणा गर्न पनि सहज हुने भन्दै यस रकमलाई अनावश्यक नभई आवश्यक काममा खर्च गर्न अनुरोध गरे ।

यसैविच अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा शारदा नगरपालिका तथा जेष्ठ नागरिक जिल्ला संघ सल्यानद्धारा जिल्लाको सदरमुकाममा रहेको टुडिखेलमा एक कार्यक्रमको आयोजना गरि जेष्ठ नागरिकलाई सम्मान गरिएको छ ।

अहिले सम्म जेष्ठ नागरिकलाई दोसल्ला ओढाएर,फलफुल दिएर सम्मान गर्ने गरेको विभिन्न स्थानमा सुन्दै र देख्दै आएको बताउँदै नगरप्रमुख अधिकारीले चाडपर्व खर्च भनेर केही रकम दिनेमा शारदा नगरपालिका जिल्लाकै पहिलो नगरपालिका बनेको बताए ।

सोमवार बाट रकम वितरण गर्न शुरु गरेको जनाउँदै उनले यस नगर भित्रका ८० वर्ष पुगेका दुई सय एक जना लाई वडा वडामा गएर वितरण गर्ने बताए । नगरपालिकाले जिल्ला अस्पतालमा गएर उपचार गराउँदा समेत कुनै शुल्क तिर्न नपर्ने यस अघि आफ्नो निति तथा कार्यक्रममा स्वीकृत गरी सकेको उनले बताए ।

सम्मान कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले राज्यले विभिन्न प्रकारका सेवाहरु प्रदान गरेको तर ति मध्ये केहीसेवा हरु कार्यान्वयन हुन नसकेपनि आफ्नो जिम्मेवारी राज्यले पुरा गर्ने प्रयासमा रहेको बताए ।

वृद्धवृद्धाहरुलाई गर्ने सम्मानमा अझैपनि कतैनकतै कमी रहेको बताउदै उनले पुरानो पुस्ताले देखेको र भोगेको अनुभव नयाँ पुस्तालाई हस्तान्तरण गर्नु पर्ने बताए । पुस्ता हस्तान्तरण भयो भने नयाँ पुस्ताले आप्mनो जिम्मेवारी बहन गर्न सक्ने कुरामा उनको जोड थियो ।

यस्तै जेष्ठनागरिक संघ सल्यानले पनि नगरभित्रका २० जना जेष्ठ नागरिकलाई दोसल्ला, पांँचसय नगद तथा प्रमाण पत्र प्रदान गर्दै सम्मान गरेको छ । संघका जिल्ला अध्यक्ष कृष्णराज उपाध्यायले यस नगरभित्रका ९० वर्ष पुगेका जेष्ठ नागरिकलाई सम्मान गरेको जनाए ।

प्रतिकृया

प्रतिकृया