लमही
२२ असोज / दाङको लमही नगरपालिकामा आधुनिक सहर निर्माणका लागि गुरुयोजना बनाउन लागिएको छ । नगरपालिकाहरुको एकीकृत विकासका लागि सहरी विकास योजना बनाउन लागिएको लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले बताए । विकासको दृष्टिले पछाडी मानिने लमही नगरपालिकाको एकीकृत विकास योजना संगै योजना कार्यान्वयनमा सहजता आउने प्रमुख केसीले बताए ।

लमही नगरपालिकालाई आधुनिक तथा व्यवस्थित सहर बनाउने उद्देश्यका साथ गुरुयोजना निर्माण शुरु गरिएको हो । सहरी विकास मन्त्रालयले देशभरका नयाँ नगरपालिकाहरुलाई एकीकृत विकासको लागि १५ बर्षे गुरुयोजना वनाईने योजनाविद सुवास ज्ञवालीलले बताए ।

नगर क्षेत्रकाको भु–उपयोग नीति,भवन आचरसहिंता,स्वास्थ्य खानेपानी व्यवस्थापन,सडक अधिकार क्षेत्र र सडकको क्षेत्रमा गुरुयोजना बनाउने गरि छलफल भएको उनले बताए । गुरुयोजनामा सामुदायीक वन, विपद व्यवस्थापन देखि भौतिक पूर्वाधारमा १५ बर्षे गुरुयोजना बनाउन मन्त्रालयले सहयोग गर्नु लमहीका लागि राम्रो कुरा भएको नगर प्रमुख केसीको भनाई छ ।

जिपिएस टोलीबाट लमही नगरपालिकाको प्राकृतिक स्रोत र सार्वजनीक भवनहरुको स्थान जिआईएस म्यापमा नक्साङकनको काम गरिएको शहरी योजनाविद मिता सुवालले जानकारी दिए । जिआईयसबाट प्राप्त नक्सा वडाबाट सुचना र जानकारीको आधारमा फिल्ड प्रतिबेदनको मस्यौदा तयार पारिएको हो ।

प्रतिकृया

प्रतिकृया