ओमप्रकाश गुप्ता,सिसहनियाँ
२३ असोज / शान्ति सुरक्षा र अमनचयन स्थापना तथा उच्रीङखल गतीविधिमा रोक लगाउदै नागरिकको शुद्ध खानपाउने अधिकारको रक्षा गर्नका लागि सिसहनियामा जनप्रतिनिधि, ब्यवसायी, सुरक्षा निकाय विच छलफल भएको छ ।

आउदै गरेको चाडवाडमा हुन संक्ने दुर्घटनालाई न्युनिकरण तथा रोकथामका लागि साविक सिसहनिया गाविस स्तरिय हाल वडा नं ५, ६, ७ र ८ का वडा अध्यक्षहरु तथा सिसहनियाँ उद्योग बाणिज्य संघका अध्यक्ष, तथा सिसहनिया प्रहरि प्रमुख तथा होटल ब्यवसायीहरु विच छलफल भएको हो ।

वडा नं ५ का अध्यक्ष गोवर्धन रावतको अध्यक्षतामा वडा कार्यालयमा वसेको बैठकले चाडबाडमा होहल्ला गर्न नदिने, अवेर सम्म होटल, पसल नखोल्ने, जुवा तास खेल्न नदिने, नागरिकको खाद्य सुरक्षाका लागि अनुगमन गर्ने लगाएतका जन हितमा निर्णय गरेको छ ।

वडा नं ५ का वडा अध्यक्ष गोवर्धन रावत , वडा नं ६ का वडा अध्यक्ष बेद प्रसाद चौधरी, वडा नं ७ का वडा अध्यक्ष बिद्याशरण चौधरी र वडा नं ८ का वडा अध्यक्ष गोकर्ण बहादुर राना , सिसहनिया उद्योग बाणिज्य संघका अध्यक्ष पुर्ण बहादुर विसी , सिसहनिया प्रहरि प्रमुख गीरीराज पौडेल तथा होटल ब्यवसायीहरुको छलफलमा सहभागीता रहेको थियो ।

प्रतिकृया

प्रतिकृया