तुलसीपुर,
२३-असोज /  आईएमई लिमिटेडले अग्नी करिण मनि ट्रान्सफर रोल्पा अन्तर्गत एक जना ग्राहकलाइ बोनस प्वाईन्टको उपहार प्रदान गरेको छ । सोही शाखाबाट गएको बर्ष बैशाख देखि यही असारसम्म आईएमी कार्डबाट ९० हजार भन्दा बढि प्वाईन्ट पु¥याउन सफल रोल्पाका एक ग्रहाकलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

९० हजार प्वाईन्ट भन्दा बढि प्राप्त गर्नेलाई टिभि प्रदान गरिदै आएको छ । सोही अनुसार रोल्पा राँक ८ का टोपवहादुर वलीलाई ३२ ईञ्चको एलईडी टिभि उपलब्ध गराईएकोे आईएमईका राप्ती प्रमुख सोमलाल लिम्बुले जानकारी दिए ।

उनका अनुसार अग्नी मनि ट्रान्सफरका सञ्चालक रामचन्द्र थापामार्फत ग्रहाक कोड नं. ७२६५२८८९ का वलीलाई सोही उपहार उपलब्ध गराइएको हो । आईएमईले बिभिन्न शाखाहरुका ग्राहकहरुलाई उपहार प्रदान गर्दै आएको छ । यस अघि पनि दाङ तुलसीपुरको राप्ती मनि ट्रान्सफरले उपहार जित्ने ग्रहाकलाई उपहार प्रदान गरेको थियो ।

साथै आईएमईले दशैमा बीसलाख रुपैयाँ सम्मको बम्पर उपहार ल्याएको प्रमुख लिम्बुले जानकारी दिए । उनका अनुसार प्रत्येक दिन १० जनालाई एक हजार र हप्तामा एक जनालाई दशहजार, एक महिनामा एक जनालाई एकलाख र असोज देखि मंसिर मसान्तसम्मको कारोबारबाट १ जना भाग्यशालीलाई २० लाख बराबरको बम्पर उपहार प्रदान गरिने उनले बताए । उनका अनुसार आईएमईको कस्टमर कार्डबाट बिभिन्न हस्पिटल, सुपरमार्केट र ठूला पसलहरुबाट सामान खरिद गर्दा छुट पाईन्छ ।

प्रतिकृया

प्रतिकृया