घोराही
२३ असोज/ घोराही उपमहानगरपालिकाले वडाबासीहरुको सहजताका लागि आज देखी वडा नम्बर ९ को कार्यालयबाटै कर संकलन सुरुभएको छ । प्रत्येक वडाबाटै कर संकलन गर्ने र नागरिकहरुलाई सहजता प्रदान गर्ने उदेश्य अनुरुप उपमहानगरले १९ वटा वडा मध्य अहिले सम्म १२ वटा वडा बाट कर संकलन थालेको छ ।

नगर प्रमुख नरुलाल चौधरीले वडा नम्बर ९ मा आज अमरसिंह बस्नेतले बुझाएको सम्पत्ती तथा भुमि करको रसिद हस्तान्तरण गरेर वडाबाटै कर संकलनको सुरुवात गरेका हुन ।

वडा अध्यक्ष मानबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले सके सम्म र कानुनले दिएका अधिकारहरुलाई वडा तह सम्मै पु¥याउने योजना रहेको जानकारी दिएका छन ।

नागरिकहरुको सहजताका लागि हर प्रयासहरु उपमहानगरले वडा बाटै प्रबाह गर्ने योजनाका साथ काम गरेको समेत उल्लेख गरेका छन । घोराही उपमहानगरपालिकाले कर नबढाएको तर करको दायरामा आउनु पर्ने क्षेत्रलाई समेट्दै अघि बढेको स्पष्ट पारेका छन ।

प्रतिकृया

प्रतिकृया