तुलसीपुर,
२४-असोज /  बिद्युतका कर्मचारीलाई दुःख दिने काम भएको एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । बुधबार नेपाल बिद्युत प्राधिकरण कर्मचारी संघ आधिकारिक ट्रेड युनियन तुलसीपुरको आयोजनामा भएको दशैको शुभकामना आदान–प्रदान कार्यक्रममा बक्ताहरुले यस्तो बताएका हुन् ।

बिद्युतमा कार्यरत कर्मचारीहरुलाई बिभिन्न बाहाना बनाउँदै एकठाउँबाट अर्को ठाउँमा सरुवा गरेर दुःख दिने गरेको बक्ताहरुले बताएका हुन् ।

अध्यक्ष मुमबहादुर केसीको अध्यक्षता तथा नेपाल ट्रेड युनियन कांग्रेस दाङका अध्यक्ष तीर्थराज न्यौपाने, युनियनका मध्यपश्चिम क्षेत्रीय अध्यक्ष दुर्गाप्रसाद जैसी, नेपाल विद्युत प्राधिकरण तुलसीपुरका प्रमुख दिपकजंग चौधरी, बिक्रम हमाल, नीमा बस्नेत डिसीलगायतले मन्तब्य ब्यक्त गरेको क्षेत्रीय उपाध्यक्ष दीपक बुढाथोकीले जानकारी दिए । कोषाध्यक्ष भिमकान्त चौधरीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण प्रशासन प्रमुख युवराज बिष्ठले गरेका थिए ।

साथै त्यस अवसरमा संगठनमा आबद्ध भएका बिद्युत वितरण केन्द्र तुलसीपुरका कर्मचारी काशीराम रिजाललाई सदस्यता प्रदान गरिएको थियो । त्यस्तै बिद्युत प्राधिकरण तुलसीपुरका प्रमुख दिपकजंग चौधरी सहायक प्रबन्ध तह ८ मा बढुवा भएकोमा बधाईसमेत ज्ञापन गरिएको थियो ।

प्रतिकृया

प्रतिकृया