शंकर के सी,सल्यान
१० कार्तिक/ सल्यानमा जिल्ला देखि पालिका र टोल स्तर सम्म समुदाय र प्रहरीविच साझेदारि हुने भएको छ । जस अन्तर्गत पाँच स्तरका समिती गठन हुने जिल्ला प्रहरी प्रमुख डिएसपी विरेन्द्र बहादुर शाहीले जानकारि गराए । उनले भने, ‘यस जिल्लामा अव समुदाय–प्रहरी जिल्ला समिती, समुदाय–प्रहरी पालिका समिती, समुदाय–प्रहरी वडा समिती, समुदाय–प्रहरी टोल समिती र प्रहरी–विद्यालय सम्पर्क समिती गठन हुनेछन् ।’

अपराध रोकथाम, विकृती र विसंगती विरुद्ध जनचेतना फैलाउन तथा सुरक्षा व्यवस्थापनमा जनसहयोग अभिवृद्धि गर्नका लागी सल्यानमा समुदाय प्रहरी साझेदारि निर्माण हुने भएको हो ।

त्रिवेणिको लुहाममा जिल्ला प्रहरी कार्यालयले समुदाय प्रहरी साझेदारि अवधारणाको बारे जानकारि गराउन आयाजना गरेको कार्यक्रममा कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले समुदाय र प्रहरीको साझेदारीमा विभिन्न सचेतनामूलक कार्यक्रमहरु गरिनु अत्यन्तै राम्रो कार्य भएको जनाउँदै अहिले भएका प्रहरी चौकीको स्तर वृद्धि, जनशक्ति व्यवस्थापन र वडा कार्यालयहरु सम्म प्रहरी चौकी तत्काल स्थापना हुनुपर्नेमा जोड दिए ।

यस्तै त्रिवेणी गाउँपालिकाका अध्यक्ष मान बहादुर डाँगीले स्थानीय तह र प्रहरी विचमा प्रभावकारि समन्वय भएमा मात्रै विकास, सेवा प्रवाह र सुरक्षा व्यवस्था राम्रो हुन सक्ने बताए ।यस्तै छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष सन्तोष केसीले आफ्नो गाउँपालिका भित्र विभिन्न किसिमका अपराधीक कृयाकलापहरु अन्यत्रको तुलनामा बढि हुने गरेको जानकारि गराउँदै र प्रहरीलाइ यसतर्फ बढि चासो राख्न आग्रह गर्दै पालिका, वडा र विद्यालय स्तरमा गठन हुने समितीले अपराध न्युनिकरणमा टेवा पुर्याउने विश्वास व्यक्त गरे । कार्यक्रममा न्यायीक समितीका संयोजकहरु, वडा अध्यक्ष लगाएतका जनप्रतिनिधीहरुले प्रहरीसंगको अपेक्षा प्रस्तुत गरेका थिए ।

प्रतिकृया

प्रतिकृया