देउखुरी
१४ कात्तिक/ तिहार र छठ पर्वलाई लक्षित गरी राप्ती गाउँपालिकाले बिभिन्न बजारको अनुगमण गरेको छ । बुधबार भालुवाङ,सिसहनियाँ र पत्थरगढवा बजारका ६० वटा पसलको अनुगमन गरेको हो ।

बजार अनुगमनका क्रममा वडा अध्यक्षको किराना पसल देखि स्थानीय व्यापारीको होटल ,किराना पसल,औषधी पसल,डेरी,ठेलाहरू मध्ये अधिकाशंको पसल गाउँपालिकामा दर्ता नभएको र अखाद्य वस्तु समेत बरामद गरिएको छ ।

वरामद गरिएको बस्तु एक,दुई दिन भित्र नष्ट गरिने गाउँपालिकाले जानकारी दिएको छ । साथै ३ दिन भित्र व्यवसाय दर्ता गर्न गाउँपालिकाले कडा निर्देशन समेत दिएको छ । अनुगमनमा गाउँपालिकाका अध्यक्ष ,उपाध्यक्ष ,प्रमुख प्रशासकीय अधिकृत ,वडा अध्यक्ष ,कर्मचारी ,उद्योग वाणिज्य संघका अध्यक्ष तथा सदस्य ,होटल व्यवसायीका प्रतिनिधि ,सुरक्षाकर्मी र सञ्चारकर्मी लगायतको सहभागिता रहेको छ ।

प्रतिकृया

प्रतिकृया