तुलसीपुर
१९ कात्तिक/ तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिका सदस्य तथा यातायात व्यबसायी रञ्जनकुमार गौतमले आफ्नो वुवाको सम्झनामा बुद्धबृद्धालाई फलफूल वितरण गरेका छन् । सोमबार बृद्धसेवा समितिले तुलसीपुर १२ रझेनामा निर्माण गरेको बृद्धाश्रममा आश्रय गरिरहेका बृद्धबृद्धालाई फलफूल, नगद तथा कपडा सहयोग गरेका हुन् ।

राप्ती अञ्चल सार्बजनिक यातायात बस ब्यबसायी समितिका सदस्य तथा बृद्धसेवा समितिका सदस्य समेत रहेको तुलसीपुर ६ डाईडर निवासी गौतमले बुवाको ५ जना बृद्धबृद्धालाई सहयोग गरेका हुन् । उनले वुवाको सम्झनामा सामाजिक काम गरेको बताए । वुवाकै योगदानका कारण आफु अहिले यो स्थानमा आउन सफल भएको भन्दै उनले बुवाको चहाना अनुसार अशक्त, असाहय, बृद्धालाई सहयोग गरेको बताए ।

उनले आउँदा दिनमा पनि यस्तो सहयोग गर्ने समेत बताए । त्यस अवसरमा एक कार्यक्रम गरिएको थियो । बृद्धसेवा समिति तुलसीपुरका अध्यक्ष खुमानन्द अधिकारीको अध्यक्षता तथा जेष्ठ नागरिक समाज बर्दियाका पूर्ब सल्लाहकार एवं शिक्षक कृष्णप्रसाद पौडेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

त्यस अवसरमा उनले बुवाको सम्झनामा सामाजिक काम गर्नु उदाहरणीय कार्य भएको भन्दै सबैले यसबाट पाठ सिकनुपर्ने समेत बताए । कार्यक्रमको सहजीकरण रञ्जन गौतमले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया