तुलसीपुर
२० कार्तिक/ तुलसीपुर उपमहानगरपालिका वडा नं १८ हेमन्तपुरमा ५८ वर्षीय एक बृद्धको शव फेला परेको छ । मंगलबार विहान ८ बजे  तोरिमा सिचाई गर्ने कुलोमा डुबेको अवस्थामा स्थानियले शव देखे पछि प्रहरीलाई खबर गरेका थिए ।

तुलसीपुर १८ धनखन्य निबासी ५८ वर्षीय वल बहादुर दमाईको शब सिचाई गर्ने कुलोमा डुबेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।उनको मदिरा सेबन गरेर ज्यान गएको हुन सक्ने प्रहरीले जनाएको छ  । परिवारको उपस्थितीमा शबको पोर्टमार्टमका लागि राप्ती उपक्षेत्रीय अस्पताल तुलसीपुर ल्याउने तयारी गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।

प्रतिकृया

प्रतिकृया