घोराही
२० कार्तिक/ घोराही उपमहानगरपालिका वडा नम्बर ११ ले वडामा रहेका ४० जना जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । वडा कार्यालयले खैरामा एक कार्यक्रमको आयोजना गरि दलित, एकल महिला र अन्य सहितका ४० जना जेष्ठ नागरिकहरुलाई वडा कार्यालयले लौरो र पौष्टिक तत्वका लागि हरलिक्स प्रदान गरि सम्मान गरेको हो ।

वडा अध्यक्ष कुलबहादुर लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी रहनुभएका नगर प्रमुख नरुलाल चौधरी र उपमहानगरका सल्लाहकार रमेशकुमार अधिकारीले जेष्ठ नागरिकहरुलाई सम्मान गरेका हुन । बुढेशकालको साहार लौरो र पोषक तत्वका लागि हरलिक्स प्रदान गरिएको हो ।

सम्मान पाएपछि जेष्ठ नागरिकहरु खुसी भएका छन । नगर प्रमुख चौधरीले जेष्ठ नागरिकको सम्मान र सिप ज्ञान नयाँ पुस्ताले लिन सके मात्रै समाजलाई सहि ढंगबाट अघि बढाउन सकिने बताएका छन । वडा नम्बर ११ ले गतबर्ष पनि जेष्ठ नागरिकहरुलाई सम्मान गरेको थियो । कार्यक्रमको सहजिकरण गिरबहादुर बस्नेतले गरेका थिए  ।

प्रतिकृया

प्रतिकृया