तुलसीपुर,
२-मंसिर /  मुक्तिनाथ बिकास बैंक लिमिटेड तुलसीपुर शाखा कार्यालयले जनता बैंकमा होइन बैंक जनतामा जानपर्दछ भन्ने मुल नारालाई आत्म साथ गर्दै बित्तीय साक्षरता आजको आबश्यकता रहेकोले तुलसीपुर उपमहानगरपालिका वडा नं ६,गोलौरा स्थित डिभाइन टेम्पल एकेडमीमा १९१ औं बिधार्थी लक्षित बित्तिय साक्षरता कार्यक्रम गरेको छ ।

उक्त कार्यक्रम कक्षा १० र ११ कक्षाका बिधार्थी तथा शिक्षक शिक्षिका माझ कार्यक्रम गरेको छ । कार्यक्रम आम्दानी खर्च,बचत कर्जा,बजेट बिनीयोजन जस्ता बिषयमा अन्तरक्रीया र प्रश्नोत्तर तथा चित्र,ब्यानर जस्ता प्रस्तुती मार्फत बित्तीय साक्षरता चलाईएको थियो ।

डीभाईन टेम्पल एकेडेमीका प्रधान अध्यापक भोजराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा न्यौपाने ले वित्तिय साक्षरता कार्यक्रम अहिलेको आवश्यकता भएको बताउदै मुक्तिनाथ विकास बैकले गांउ देखि सहर सम्म, गरिव देखि धनी सम्मको दाजुभाई तथा दिदी बहिनीहरुलाई दिएको सेवा सुविधा बारे प्रसंसा गरेका थिए ।
 
साथै बित्तिय कारोवार बैंकीङ्ग प्रणालिवाट नै गर्नको लागि सहभागिहरुलाइ अभिपे्ररीत गर्नुको साथै आगामी दिन हरुमा पनी यस्तै खालका कार्यक्रम बैकले संचालन गर्ने तथा सहभागी सवैले व्यवहारमा लागु गर्नुपर्नेमा जोड दिए । उक्त कार्यक्रमको अनुगमन अधिकृत सुनोद पौडेलले गरेका थिए,भने कार्यक्रम सन्चालन डेस्क प्रमुख कृष्ण कुमार चौधरीले तथा स्वागत मन्तब्य तुलसीपुर शाखाका कर्मचारी बबिता वलीले राखेकी थिइन् ।

कार्यक्रमको सहजीकरण तुलसीपुर शाखाका शाखा प्रमुख सरोज कुमार लामिछाने गरेका थिए ।

प्रतिकृया

प्रतिकृया