रोल्पा,
१०-मंसिर /  सुनछहरी गाउँपालिकामा अनलाईन ब्यक्तिगत घटना दर्ता, सामाजिक सुरक्षा ब्यवस्थापन तथा कम्प्यूटर सम्बन्धी तालिम हिजो देखि सुरु भएको छ । गाउँपालिकामा दर्ताप्रणालीलाई ब्यस्थीत बनाउद भन्दै ५ दिने तालिमको आयोजना गरिएको हो ।

गाउँपालिकाको केन्द्र पोबाङमा सोमबार देखि सुरु भएको तालिमको हिजो एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष आश बहादुर पुनले बिधिवत उद्घाटन गर्नु भएको ५ दिने तालिममा गाउँपालिका भित्र रहेका ७ वटै वडाका वडा अध्यक्ष, वडा सचिव, विषयगत कार्यलयका प्रमुखहरुको सहभागिता रहेको छ । गाउँपालिकालाई प्रविधी मैत्रि बनाउने योजना अनुसार कम्प्यूटर तालिमको आयोजना गरिएको गाउँपालिका अध्यक्ष आश बहादुर पुनले बताएका छन ।

ब्यक्तिगत घटना दर्ता, सामाजिक सुरक्षा ब्यवस्थापन प्रणाली ब्यवस्थीत नहुदा विभिन्न समस्या उत्पन्न भएकाले ब्यवस्थापन प्रणालीलाई चुष्त बनाउका लागिएको बताए । ५ दिन सम्मको तालिमले वडा अध्यक्ष, वडा सचिवहरुलाई कम्प्यूटर सम्बन्धी राम्रो ज्ञान हुनका साथै वडाका सुचना प्रणाली पनि ब्यवस्थीत हुने आशा ब्यक्त गरेका छन ।

यहि मंसिर १५ गते सम्म संचालन हुने तालिमको सहजिकरण गाउँपालिकाका सुचना प्रविधि अधिकृत गुमानसिंह विष्टले गरिरहेका छन । तालिममा समान्य कम्प्यूटर प्रयोग देखि ब्यक्तिगत घटना दर्ता, सामाजिक सुरक्षा ब्यवस्थापन प्रणालीको बिषयमा जानकारी गराईने बताईएको छ ।

साथै हिजै गाउँपालिकामा सुरक्षित गर्भपतन सम्बन्धी एकदिने अभिमुखिकरण गोष्ठि पनि सम्न्न भएको छ । सुनछहरी गाउँपालिकाको आयोजना तथा आईपास नेपालको सहयोगमा गोष्ठि सम्पन्न भएको हो । गाउँपालिका अध्यक्ष आश बहादुर पुनको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गाउँपालिका भित्र रहेका विभिन्न स्वस्थ्य चौकिका प्रमुख, वडाका अध्यक्षहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया

प्रतिकृया