सल्यान,
१७ – मसिंर/ निर्मला पन्तका हत्यारा पत्ता लगाई कारवाही गर्न माग गर्दै आइतबार सल्यानमा पनि विरोध प्रर्दशन भएको छ ।

कञ्चनपुरकी १३ वर्षिया बलत्कार पछि हत्या भएको लामो समय वितिसक्दा समेत सरकारले हत्यारा पत्ता लगाउन नसकेको भन्दै विप्लव नेतृत्वको नेकपा र अखिल क्रान्तिकारीले श्रीनगरमा विरोध प्रर्दशन गरेको हो ।

निर्मलाका हत्यारालाई कारवाही गर , विधिको शासन लागु गर, निर्मलाका परिवारलाई न्याय दे लगायतका नारा लेखिएका प्लेकार्ड वोकेका प्रर्दशनकारीले नारा लगाउदै श्रीनगर बजार परिक्रमा गरेका थिए ।

विरोध प्रर्दशनमा विभिन्न विद्यालयका विद्यार्थीहरु विद्यालय पोशाकमै सहभागी भएका थिए । विरोध प्रर्दशन पछि आयोजित कोण सभामा बोल्दै नेकपा सल्यान इन्चार्ज विश्वले सरकारका उच्च तहका व्यक्तिबाटै निर्मलाको बलत्कार भएकाले सरकारले तिनको बचाउ गरि रहेको बताए ।

एक बलत्कृत किशोरीलाई न्याय दिन नसक्ने सरकारले जनतालाइ पनि न्याय दिनेमा आफु विस्वस्त नभएको बताए ।

सकारले निर्मलाका हत्यारालाई कारवाही गर्न नसके आफ्नो पार्टीले हत्यारा पत्ता लगाउने र जनताकै अघि कारवाही गर्ने चेतावनी समेत दिए ।

 

प्रतिकृया

प्रतिकृया