,

शंकर के सी, सल्यान
१८-मंसिर / नेपाली काँग्रेस केन्द्रीय सदस्य डिला संग्रौलाले बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको न्याय दिने सन्दर्भमा गृहमन्त्री गम्भीर बन्नुपर्ने बताईन् ।


                                                               ADVERTISEMENT
    


सल्यान सदरमुकाम खलंगामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो बताएकी हुन् । नेपाल प्रेस युनियन सल्यानले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले सिंगो समाजले निर्मलालाई न्याय दिउ भनेर सडकमा ओर्लिदा पनि सरकार चुप लागेको आरोप लगाईन् ।

हत्या, बलत्कारलाई प्रशय दिएर नयाँ युगको अभियान सफल नहुने उनको भनाई रहेको छ । उनले काठमाण्डौको सिहंदरवार गाउँ–गाउँमा आयो भनेर हल्ला गरेपनि वर्तमान सरकार प्रदेश र स्थानीय तहलाई असफल बनाउन लागि परेको आरोप लगाइन् ।

 

प्रतिकृया

प्रतिकृया