,

प्यूठान,
१९-मंसिर /  रेमिट्यान्स सेवाप्रदायक कम्पनी आइएमइले प्यूठानका तीनजना ग्राहकहरुलाई डिसहोम उपहार प्रदान गरेको छ । दशैँ आयो योजना अन्तर्गत रेमिट्यान्स मार्फत पैसा पठाएकाहरुलाई लक्की ड्र मार्फत छनौट गरि उपहार प्रदान गरिएको हो ।


                                                               ADVERTISEMENT
   



आइएमइ इन्टरफेस मनी ट्रान्सफर बाग्दुलाबाट पैसा पठाउने स्वर्गद्धारी नगरपालिकास्थित तुल बहादुर सुनार, केसरी ठकुरी र लक्ष्मीदेवी सुनारलाई एक कार्यक्रमको आयोजना गरी उपहार प्रदान गरियो ।

डिस होमलाई बजारमा करिव सात हजार रुपैयाँसम्म पर्ने इन्टरफेस मनी ट्रान्सफरका प्रोपाइटर डिल्लराज पराजुलीले जानकारी गराए । विजेताहरुलाई मनी ट्रान्सफरमै कार्यक्रम गरी उपहार प्रदान गरिएको उनले बताए । 

स्वदेश वा विदेशबाटै पैसा पठाउँदा विभिन्न उपहारहरु प्राप्त गर्नसकिने आइएमइ राप्ती इन्चार्ज मोहनप्रसाद बास्तोलाले जानकारी गराए । बास्तोला र पराजुलीले संयूक्त रुपमा विजेताहरुलाई उपहार प्रदान गरेका थिए ।

प्रतिकृया

प्रतिकृया