शरद रेग्मी, तुलसीपुर
२९-मसिर /  नेपाल नेत्रज्योती संघ दाङ दाङका सभापति कृष्णकुमार गिरीले अव आँखा सम्वन्धी सवै उपचार सेवा जिल्लामै दिने तयारी गरेको बताएका छन् । शनिबार तुलसीपुरमा रिपोर्टर्स क्लव दाङले आयोजना गरेको साक्षात्कार तथा नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत सम्मान कार्यक्रममा नेपाल नेत्रज्योति संघ दाङका नवनिर्वाचित सभापति गिरीले यस्तो बताएका हुन् ।

उनले संघले सञ्चालन गरेका तीनवटै आँखा अस्पतालहरुलाई पाँच बर्ष भित्र सेकेन्डरी बी लेवलको अस्पताल बनाउने बताए । उनले अन्धोपन निवारणका लागि विगतका बर्षहरुमा दिइरहेको सेवालाई निरन्तरता दिदै थप नयाँ सेवा सुविधाहरुलाई जनताका माझ पु-याउने प्रयासमा आफुहरु लागेको बताए । संघले आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्र्तगतका अस्पतालमा फ्याको प्रविधिको तालिम केन्द्रको रुपमा विकास गर्ने , आँखा स्वास्थ्य कार्यक्रमको विकासको लागि स्थानीयस्तर, प्रदेश स्तर र केन्द्रीय स्तरमा पैरवी गर्ने कार्यलाई निरन्तरता दिएको बताए ।

ADVERTISEMENT

  



आगामी ५ वर्षका लागि दातृनिकाय समक्ष थप परियोजना प्रस्ताव पेश गर्ने तयारी गरेको बताउदै आँखा अस्पतालहरुको भौतिक विकाशका लागि पनि आफुहरु लागी परेको बताए । केन्द्रिय सदस्य समेत रहेका गिरीले संघले हाल नेपाल भरि १८ वटा आँखा अस्पताल र सवै जिल्लामा आँखा उपचार केन्द्र सञ्चालन गरि सेवा दिई रहेको बताए । कार्यक्रममा संघका सदस्य सुरेन्द्र बहादुर खड्काले संघद्धारा सञ्चालन भएका राप्ती आँखा अस्पताल, लमही आँखा अस्पताल र छन्द कालेवावु नारायणी आँखा अस्पतालमा दृष्टिविहिनतालाई कमगर्न अस्पतालहरुबाट अत्याधुनिक सेवाहरु दिएको भन्दै सेवालाई प्रभावकारी बनाउन लाग्ने बताए ।

रिपोर्टर्स क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा मानवअधिकार तथा शान्ति समाजका केन्द्रिय महासचिव सुशिल बस्नेतले पछिल्लो समयमा नेपाल नेत्रज्योति संघअन्र्तगत सञ्चालन भएका आँखा अस्पतालहरुले दिएका सेवाहरु प्रभावकारी भएको भन्दै संघले सञ्चालन गरेका गतिविधिहरुले संघको गरिमा बढेको बताए । कार्यक्रमको सहजीकरण रिपोर्टर्स क्लव दाङका सचिव ध्रुवराज न्यौपानेले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया