वसन्त विवश आचार्य
नेपाली कम्यनिष्ट आन्दोलनका एक अथक योद्धा श्रीमणी आचार्य जो जति वाँचे देश, जनता र समाजलाई मष्तिस्कको कुनामा राखेर बाँचे । आँसुको पहाडमा उकाली ओराली गर्नेहरुका बारेमा हरदम सोचिरहने श्रीमणी त्यस्तो व्यक्ति हुन् जसले वाँच्दासम्म पनि वर्गिय समाजको पिरचिन्ता गरेर बाँचे । समाजलाई समृद्ध वनाउनुका साथै अभावको जीवन वाँच्नेहरुका लागि जन्मिएका त्यहि योद्धा जो भौतिक रुपमा संसार छाडेरपनि हरेक मनमनमा वाचिरहेका छन् ,दङ्गाली कम्युनिष्ट आन्दोलनको एउटा उज्ज्वल तारा श्रीमणी आचार्य जसले भौतिक रुपमा यो संसार छाडेको पनि एक दशक भईसकेको छ तर पनि दङ्गालीहरुको मन मष्तिस्कमा अझै वाचिरहेका छन् हो त्यहि अमर योद्धालाई केही अक्षरहरुले पोतेर सम्झने प्रयास गरेको छुँ ।

वर्षदिनमा एकपटक स्मृति दिवस मनाएर सम्झाएपछि मात्र श्रीमणी आचार्यलाई सम्झिएको पुग्छ त ? एकपटक सवैले सोच्नुपर्ने वेला भएको छ । उनले हिडेको पाइलाका पदचापहरु पहिल्याउँने बेला भएको छ । अहिले वामपन्थीहरुले हिडेको बाटो र उनले हिडेको वाटोको आयतन किन वदलिएको छ ? समिक्षा गर्ने वेला भएको छ ।

नेपाली कम्युनिष्ट आन्दोलनमा महत्वपुर्ण योगदान दिने श्रीमणी आचार्य पिता गणेशप्रसाद उपाध्याय तथा माता सुभद्रादेवी उपाध्यायको कोखवाट विस २०१० साल माघ १९ गते जन्मनुभएका आचार्यले जीवनको अन्तकाल सम्ममा पनि नेपाली जनता र नेपालको वारेमा मात्र सोच्नुभयो दोश्रो जनआन्दोलनमा दिलो ज्यान दिएर लागिपरेका आचार्यले नत संविधान सभाको निर्वाचन देख्न पाए नत उनले वगाएको पसिनामा टेकेर आएको संघीय लोकतान्त्रिक गणतन्त्रले नै जनतालाई स्वाधिनताको अनुभुति दियो देश र जनताको लागि लड्दा लड्दै अन्तत त्यहि लडाईको मैदानवाट अस्ताए उनी ।

संसार देख्नेहरुका लागि अनि भोग्नेहरुका लागि पनि हो आज उनले नत यो संसार देख्न पाए नत भोग्न नै पाए तर पनि सच्चा नेपाली मनहरुले उनलाई सम्झिरहेका छन् लाग्छ कुनै कुनामा वसेर श्रीमणिले यो संसार देखिरहेका छन् अनि भोगिरहेका छन् । जसले लडाईको मैदानमा गोलि खाएर मृत्युवरण ग¥यो त्यो शहिद भएर वाच्यो तर जो लडाईको मैदानमा गोलि खाएर तड्पि तड्पि वाच्यो त्यो के भयो आज उनका अनुयायीहरु वारवार प्रश्न गरिरहेछन् ।

ADVERTISEMENT

  



जीवनभर श्रीमणी आचार्यले जति जटिल परिस्थितिमापनि आस्था गुमाउनु भएन उहाको संसर्गमा सधै रहेर उहाका विद्यार्थीसमेत रहनु भएका मानवहादुर रावत लाई यस्तो व्यक्तित्व समाजमा कमै जन्मने जस्तो लाग्छ ‘श्रीमणीसंग म जति निकट रहे अन्य साथिहरुपनि रहे तर सवैले श्रीमणी जि लाई आफुप्रति अत्यन्त नजिक सम्झन्थे अनि अर्को कुरा आर्थिक चेपमा परेर पनि उहाले कहिल्यै निराश र उदास अनुभुत गर्नुभएन ’ रावतले व्यक्तिगत असन्तुष्टिले कहिल्यै पनि श्रीमणीको अनुहारको घाम नहराएको वताए ।

श्रीमणी आचार्य जति उदार थिए जनता र समाजका लागि हो उत्तिकै उदार थिए आफ्नो परिवारका लागि पनि आफुलाई दाजुले भाईको भन्दापनि साथिको रुपमा माया गरेको जस्तो अनुभुत गर्नुभयो उहाले ।‘ मैले दाजुलाई धेरै सहयोग गरे तर सधै खुला मनले गरे मलाई दाजुका लागि केहि गर्नुपर्दा साह्रै खुसिको अनुभुति हुन्थ्यो , साच्चै दुखमा पनि राम्रोसंग रमाउने एउटा महान व्यक्तित्वको अंश थियो उहाँमा ।’

असल नेता त्यो हो जसले वाचुञ्जेलसम्म सम्म पनि निष्कलंकित र आस्थावान भई वाच्यो हो त्यहि उदाहरणीय नेता संगै कुसल व्यक्ति वनेर देखाए कम्युनिष्ट आन्दोलनका अथक योद्धा श्रीमणि आचार्यले आफ्नो पाटीमात्र होईन अन्य पाटीका नेताहरुविच पनि उनी निकै लोकप्रिय थिए । लामो समय संगसंगै श्रीमणि आचार्यसंग संगै राजनीतिक यात्रा गर्नुभएका नेपाली काग्रेसका नेता शकर गिरीलाई आचार्य जस्तो आस्थावान नेता कोहि नभएको जस्तो लाग्छ ‘उहा आस्थावाट कहिल्यै हलचल गर्नुभएन सधैआस्थावान भएर वाच्नुभयो अभावको पिडा लुकाएर हाँस्न सक्ने यस्तो व्यक्ति यो दुनियामा कमै जन्मन्छन् ।’

शेक्सपिएरले भनेका छन् काम गर्नमा तिमी महान वन जस्तो तिमी विचारमा महान छौ वास्तवमा विचार ठुलो राख्नु व्यर्थ छ यदि व्यवहार शुन्य छ भने हो श्रीमणी आचार्यले कहिल्यै पनि सानो विचार राखेनन् अनि जस्तो विचार राखे उस्तै व्यवहार पनि छोराछोरीले मम्मी भनेर वोलाएको सुनेर श्रीमणी आचार्यले पनि मम्मी भनेर वोलाएको आवाज आजजस्तै लाग्छ भाईवुहारी श्यामा आचार्यलाई । संसार वदल्ने सोच वनाएका तर आफै वदलिन नसक्नेहरुका विचमा आचार्य त्यस्तो एक्दो बृहस्पति थिए जसले जस्तो सोचे त्यस्तै वने ।

श्रीमणी आचार्य जसले महान राजनीतिक व्यक्तित्व वोकेका छन् हो त्यस्तै उज्यालो शैक्षिक व्यक्तित्वपनि छ उनको उरहरीमा रहेको अमर मावीमा करिव दुईदशक शिक्षण गरे पश्चात संलग्न रहनु भएका आचार्यलाई उहाका धेरै चेलाहरुले अझैपनि असल मार्गदर्शकका रुपमा सम्झिरहेका छन् आचार्यका शैक्षिक एवम् राजनीतिक विद्यार्थी जो नेकपाको जिल्लामै अब्बल नेता समेत भईसकेका छन् हुकुम वस्नेत उहासंगका अन्तिम पलहरु निकै साहसिक लाग्छ ‘मृत्युको अन्तिम क्षणमा हुनुहुन्थ्यो उहाँ डाक्टरहरुले अन्तिम क्षणहरु गन्न वाहेक कुनै विकल्प नभएको कुरा वताईरहेका थिए तर उहाको अनुहारमा कुनैपनि निराशाको धब्वा थिएन निकै उत्साहित हुनुहुन्थ्यो हामीले सम्झाउनुपर्नेमा उहाँले नै आफै सम्झाउनुहुन्थ्यो यति सहज रुपमा मृत्युलाई पचाउने मान्छे अहिले सम्म मैले देखेको छैन ।’

साहित्यकार वालकृष्ण समले कतै लेखेका छन् म¥यो जिउदै जसले वि¥स्यो देशको माटो हो वाँच्नुको यदि सार्थकता छैन भने बाँच्नुको कुनै पनि अर्थ छैन वाँच्नु सास फेर्नु मात्र होईन देश,समाज र जनताका लागि केहि गर्नु पनि हो श्रीमणी जति वाचे देश र जनताका लागि केही गरेर वाँचे जनताका लागि आवाज उठाउदा उठाउदै २०५१ साल कात्तिक १७ गते विजौरीमा गोलि खाएर असक्त जस्तै जिवन वाँच्दा पनि कहिल्यै हरेश खाएनन् जो उनको मृत्युको कारण पनि वन्यो ।

उनले सधै साहसिलो जीवन वाँचे चट्टान जस्तो एकातिर रोगले दाव्दै आएको थियो अर्कातिर आर्थिक जटिलताले तर पनि खुसीको जीवन वाचँे जस्तासुकै पिडामा पनि ओठको एक कुनावाट खुसीको गुराँस फुलाउन छाडेनन लामो समय उहासंगै सहकार्य गर्नु भएका तुलसीपुर उपमहानगरपालिकाका प्रवक्ता श्याम डाँगीलाई उहाको उर्जाशिल जीवनले अझेपनि उत्प्रेरित गरिरहन्छ ‘उहाँ ढलेर पनि उठ्नु भयो अनि हुरीका विचमा पनि वल्नुभयो साच्चै यति साहसिलो मान्छे कमै जन्मन्छ यो दुनियामा ।’

नेपाली राजनीतिमा लामो समयदेखि सक्रिय रहेर राजनीतिमै लागेर सहादत प्राप्त गरेका श्रीमणि आचार्यलाई त्यतिवेला मात्र सच्चा सम्झिएको ठहर्छ जव हामी उनले कोरेको वाटोमा हिड्न अग्रसर हुन्छौ । श्रीमणीले सोचेजस्तै अहिले वर्गिय राजनीति गर्नेहरु यस विचमा जनताले सोचेको र चाहेको जस्तो काम हुनु आवश्यक छ जनताको सपनाले मुर्तरुप पायो भने धेरै श्रीमणि हरुले राहतको महसुस गर्ने थिए अटल आस्थाका प्रतिक श्रीमणीप्रति श्रद्धान्जली ।

प्रतिकृया

प्रतिकृया