दाङ,
१४-पुस /  रोटरी क्लव अफ तुलसीपुर सिटी र रोट्रयाक्ट क्लब अफ तुलसीपुरको संयुक्त आयोजनामा अन्तर स्कुल हाजिरी जवाफ प्रतियोगिता भएको छ ।

प्रतियोगितामा तुलसीपुरका ६ वटा स्कुलहरुको सहभागिता रहेको थियो ।

ADVERTISEMENT

  



माध्यमिक तहका तहका विद्यार्थीहरुलाई रोटरी सम्वन्धि ज्ञान अभिवृद्धि गर्ने र सामान्य ज्ञानमा आधारित बौद्धिक ज्ञानको स्तर मापन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको कार्यक्रम संयोजक रोटरी क्लव अफ तुलसीपुर सिटीका कोषाध्यक्ष सन्दिपन रिजालले जानकारी दिए । ६ वटा स्कुलकाबीचमा भएको प्रतियोगितामा तुलसी स्कुल प्रथम भएको थियो । साथै सो प्रतियोगितामा हिमाल एकेडेमी द्धितिय र ज्ञान ज्योति स्कुल तृतिय भएका थिए । प्रतियोगितामा गोरखा स्कुल, डिभाईन टेम्पल र गुरुजजुर मावि सान्त्वना भएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि तुलसीपुर उप–महानगरपालिका वडा नम्वर ५ का अध्यक्ष बिरेन्द्र कुमार शाहले हाजिरीजवाफ एक बौद्धिक खेल भएकोले हाल नेपालका विद्यालय तथा कलेजमा यस्तो प्रकारको प्रतियोगिताको लोकप्रियता बढ्दो क्रममा रहेको बताए । यस्तो प्रतियोगिताले विद्यार्थीहरूको बौद्धिक क्षमता वृद्धि गर्न उल्लेखनीय भूमिका निर्वाह गर्ने उनको भनाई थियो ।

रोटरी क्लव अफ तुलसीपुर सिटीका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ र रोट्रयाक्ट क्लब अफ तुलसीपुरका अध्यक्ष रुपेश शर्माको संयुक्त अध्यक्षतामा भएको कार्यक्रममा गोरखा स्कुलका शिक्षक बामदेव सापकोटा र रोटरी क्लब अफ तुलसीपुर सिटीका निवर्तमान अध्यक्ष तथा हाजिरीजवाफ प्रतियोगिताका संचालक तुफानबाबु श्रेष्ठले मन्तव्य ब्यक्त गरेका थिए ।

प्रतियोगितामा बिजयी हुने विध्यार्थीहरुलाई प्रमुख अतिथि बिरेन्द्र शाहलगायत क्लबका पूर्व अध्यक्षहरु अनुप कुमार श्रेष्ठ, कुशल तर्ताल, बिमल रिजाल, बिजय केसी, ललित बहादुर घर्ती, बिरु रावत, रोटरी क्लब अफ दाङका अध्यक्ष डा. निरन्जन आचार्य र आरसिसि. भिलेज कासिपुरका अध्यक्ष चुडामणी केसीले संयुक्त रुपमा नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रमको सहजीकरण महासचिब बिनिल केसीले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया