तुलसीपुर,
१४-पुस /  राष्ट्रिय बाणिज्य बैंक तुलसीपुरका कर्मचारीहरुलाई क्षमता अभिबृद्धि तालिम प्रदान गरेको छ । तालिम आईतबारसम्म चल्ने छ ।

तालिमको शनिबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । सो अवसरमा बक्ताहरुले बैंकमा काम गर्ने कर्मचारीहरु सेवाग्राहीमैत्री हुनुपर्नेमा जोड दिएका थिए ।

ADVERTISEMENT

  



सेवाग्राहीलाई सरल, सहज तथा प्रभाबकारी सेवा प्रदान गर्न कर्मचारीहरुको क्षमता अभिबृद्धि आबश्यक रहेको समेत बक्ताहरुले बताएका थिए । शाखा प्रबन्धक शम्भु प्रसाद घिमिरेको अध्यक्षतामा उद्घाटन कार्यक्रम भएको हो ।

त्यस अवसरमा बाणिज्य बैंकका पूर्ब क्षेत्रीय उपप्रबन्धक बुद्धप्रकास सिंह, शाखा प्रबन्धक शम्भु प्रसाद घिमिरे, बरिष्ठ सहायक शिशिर रोका क्षेत्रीलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रमको सहजीकरण नेहारिक श्रेष्ठले गरेका थिए । तालिममा मोबाइल बैंकिङ्, एटिएम, निक्षेप, कर्जा, ग्रहाक, संरक्षण, जोखिम न्यूनीकरणका बारेमा जानकारी गराईएको शिशिर क्षेत्रीले जानकारी दिएका थिए ।

प्रतिकृया

प्रतिकृया