देवराज कडेँल.तुलसीपुर
२२ पुस / दाङ घोराहीको भिक्टोरिया कलेजमा खेल सप्ताह शुरु भएको छ ।

आईतबारदेखि शुरु भएको खेल सप्ताह पुस २८ गतेसम्म चल्ने छ । खेल क्षेत्रको बिकासका लागि खेलकुदको आयोजना गरिएको कलेजका शिक्षक नवराज सुवेदीले बताए । उनका अनुसार फुटबल, भलिबल, कुर्सि दौड, टेबल टेनिस, रिलेरेश, टिटीलगायतका खेलकुद भईरहेका छन् ।

ADVERTISEMENT

  



यसैबीच खेलकुदको आईतबार एक कार्यक्रम गरि उद्घाटन गरिएको हो । बिद्यार्थी प्रबिन पोख्रेलको अध्यक्षता तथा शिक्षक नवराज सुवेदीको प्रमुख आतिथ्यमा कार्यक्रम गरि उद्घाटन गरिएको हो ।

बिवेक न्यौपानेले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा कलेजका कोर्डिनेटर बामदेव भण्डारी, शिक्षक बिनय न्यौपानेले मन्तब्य ब्यक्त गरेका थिए । बिद्यार्थी देवराज कडेँलले कार्यक्रमको सहजीकरण गरेका थिए ।

प्रतिकृया

प्रतिकृया