सल्यान
२२ पुस/ सल्यानमा आगलागीबाट दुई घर जलेर नष्ट भएको छ ।

आईतबार कालिमाटी गाउँपालिका– ६ घारेघारीमा आगलागी हुँदा ओमबहादुर खत्री र चित्रबहादुर खत्रीको घर जलेर नष्ट भएको स्थानीय हिरालाल शर्माले जानकारी दिए । आगलागीबाट लत्ताकपडा, अन्नपात र पसलको सम्पूर्ण सामान जलेर नष्ट भएको छ ।

ADVERTISEMENT

  



आगलागीको कारण खुल्न सकेको छैन । घर जलेर नष्ट भएपछि पीडित छिमेकीको घरमा बसेका छन् ।

प्रतिकृया

प्रतिकृया