शंकर के सी, सल्यान
२४ पुस/ भाडामा सञ्चालन भइरहेको सल्यानको त्रिवेणी गाउँपालिकालाइ स्थानीयले पाँच रोपनी जग्गा दान गरेका छन् । त्रिवेणी ६ लुहाम निवासि रेमु श्रेष्ठ, दिवाकरराज श्रेष्ठ, ड्रम्बर शाह, कर्ण बहादुर श्रेष्ठ र कमल केसीले मालपोत कार्यालयबाट गाउँपालिकाको नाममा जग्गा पास गरिदिएका हुन् ।

भाडाको भवनमा सञ्चालन भइरहेको गाउँपालिकालाइ सेवा प्रवाहमा असहजता भएकाले सामाजिक भावना अनुसार जग्गा दान गरिएको डम्बर शाहले जनाए ।

ADVERTISEMENT

  



२५ लाख बरोबरको पाँच रोपनी जग्गा दान प्राप्त भएपछि गाउँपालिका अध्यक्ष मान बहादुर डाँगीले खुसि व्यक्त गर्दै पाँच जना दानविरले गाउँपालिकालाइ ठूलो गुण लगाएको बताएका छन् ।

जीवनमा केहि गरौँ भन्ने भावना अनुसार गाउँपालिकालाइ जग्गा दान दिएको जनाउँदै दान दाता रेमु श्रेष्ठले गाउँपालिकाले उक्त जग्गालाइ उपयोग गरेमा सबै पालिकावासिको हित हुने विश्वास व्यक्त गरे ।

त्रिवेणी गाउँपालिकाले अव थप पाँच रोपनी जग्गाको व्यवस्था गरेर भवन निर्माण कार्य अगाडी बढाइने बताएको छ । प्रमुख प्रशासकीय अधिकृत रेमन्त डाँगीले यस वर्ष दान प्राप्त भएको जग्गाको माटो परिक्षण तथा डिजाइन स्टमेट गर्ने र अर्को वर्षदेखि भवन निर्माण कार्य थालनी गर्ने जानकारि गराए ।

अहिले गाउँकार्यपालिका, विषयगत कार्यालय तथा वडा कार्यालयहरुको भाडा वापत वार्षिक १२ लाख रुपैयाँ खर्च भइरहेको डाँगीले बताए ।

प्रतिकृया

प्रतिकृया