ओमप्रकाश गुप्ता,मौरीघाट
२५ पुस/ राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले विद्यालयको पठनपाठनका क्रममा हुने कमीकमजोरीलाई सुर्धान शिक्षकहरुलाई आग्रह गरेका छन् ।

देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ४ मा रहेको मावि मौरीघाटको ५७ औँ वार्षिकोत्सब कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै अध्यक्ष सुवेदीले सो आग्रह गरेका हुन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुकुमबहादुर बस्नेतको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वार्षिक प्रगति प्रतिवेदन विद्यालयकी प्रअ सिता रिजालले प्रस्तुत गरेकी थिइन् ।

ADVERTISEMENT

  



विद्यालयकी शिक्षिका किरण सेनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा राप्ती गाउँपालिकाकी उपाध्यक्ष जगदम्बाकुमारी चौधरी, वडा नम्बर ४ का वडा अध्यक्ष विष्णुबहादुर घर्ती क्षेर्ती,राप्ती गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक विद्याशरण चौधरी, स्रोत व्यक्ति राजेन्द्रप्रसाद घिमिरे,नेपाल राष्टिय मावि भालुवाङका प्रअ लोकेन्द्र केसी, विद्यालयका पुर्व प्रअ विश्वराज आचार्य,शिक्षक तथा बुद्धिजिवी कृष्ण गिरी, ब्रहमा कुमारी ईश्वरीय विश्व विद्यालयकी इन्दिरा पन्त,नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ५ का पार्षद महेश रिजाल र विद्यार्थीहरु सरोज ज्ञवाली, अमिसा चौधरी लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा विभिन्न शिक्षक कर्मचारीहरुलाई सम्मान, खेलकुदका विजेताहरुलाई पुरस्कार वितरण, साँस्कृतिक कार्यक्रम गर्नुका साथै क्षितिज पोख्रेलले विद्यालयलाई ५१ ह्जारको अक्षयकोष समेत स्थापना गरेका छन् । कार्यक्रमको सञ्चालन शिक्षक केशव आचार्यले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया