तुलसीपुर,
२६ पुस / माघीको अवसरमा दाङमा सिकलसेल एनिमिया सम्बन्धि जनचेतनामुलक सांस्कृतिक कार्यक्रम हुने भएको छ । दाङमा थारु समुदायमा सिकलसेल ऐनिमियाले सताएको भन्दै यसलाई न्यूनीकरण गर्ने उद्देश्यले दाङको शान्तिनगर गाउँपालिका वडा नं. ५ रगैजामा उक्त कार्यक्रम हुने भएको हो ।

शान्तिनगर गाउँपालिकाको आर्थिक सहयोग तथा थारु स्वास्थ्यकर्मी समाज दाङको आयोजनामा यही पुस २७ गते उक्त कार्यक्रम आयोजना गएिको समाजका अध्यक्ष जीवराज चौधरीले जानकारी दिए । ‘दाङका थारु समुदाय सिकलसेल ऐनिमियाले पीडित भएका छन्’ उनले भने ‘ यसलाई न्यूनीकरण गर्न चेतना दिन उक्त कार्यक्रमको आयोजना गरिएको हो ।’

ADVERTISEMENT

  



शान्तिनगर गाउँपालिकालाई सिकलसेल एनिमिया पहिचान युक्त गाउँपालिका घोषणा गर्न पनि उक्त कार्यक्रमको आयोजना गरिएको गाउँपालिका अध्यक्ष कमानसिंह डाँगीले बताए । साथै कार्यक्रममा बिज्ञहरुले थारु रोगको न्यूनीकरणका लागि चेतनामुलक प्रशिक्षण दिनेछन् ।

प्रतिकृया

प्रतिकृया