ओमप्रकाश गुप्ता,देउखुरी
२७ पुस/ विद्युत लो भोल्टेजका कारण देउखुरी क्षेत्रमा मिल सञ्चालन गर्न गाह्रो भएको मिल व्यवसायीहरुले बताएका छन् ।

विगत लामो समय देखि देउखुरी क्षेत्रको राप्ती, गढवा, राजपुर गाउँपालिका र लमही नगरपालिका क्षेत्रमा खुलेका करिव २ सय बढी मिल व्यवसायीहरु विद्युत लो भोल्टेजका कारण मर्कामा परेका छन् ।

ADVERTISEMENT

  



देउखुरीमा सिमेन्ट उद्योगमा बढी विद्युत जाँदा मिलले लोड उठाउन नसक्दा समस्या भएको देउखुरी क्षेत्र मिल व्यवसायी समितिका अध्यक्ष किरण भण्डारीले जानकारी दिएका छन् ।

उनका अनुसार दिउसोमा १ लोड मात्र तान्छ र बेलुका ६ बजे देखि भने मिलनै नचल्ने गरेका कारण बेलुका मिल बन्द गरेर बस्नु परेको बताए ।

अध्यक्ष भण्डारीले नेपाल विद्युत प्राधिकरणका प्रमुखलाई पटक पटक फोन गर्दा फोन नठाउने गरेको हुँदा अव तत्काल बैठक बसी विद्युत प्राधिकरण घोराही र लमहीमा डेचेशन जाने डेलिकेशनबाट पनि माग सुनुवाई नभए आन्दोलन स्वरुप अन्नपात नै विद्युत प्राधिकरणमा छरेर विरोध जनाउने बताएका छन् ।

प्रतिकृया

प्रतिकृया