लक्ष्मण बस्नेत,तुलसीपुर
३० पुस/ दाङको तुलसीपुरमा एस एस एफ ए खसी कप फुटबल प्रतियोगिता हुने भएको छ ।

स्पोर्टस स्कुल फुटबल एकाडेमी(एस एस एफ ए) तुलसीपुर ५ अरनिको मैदानको आयोजनामा संचालन गरिन लागेको दाङ जिल्ला स्तरीय अन्तर विद्यालय शिक्षक फुटबल प्रतियोगिता माघ २ गतेदेखि सुरु हुनेछ ।

ADVERTISEMENT

  



प्रतियोगिताको उद्घाटन विहान ८ बजे हुनेछ । उद्घाटन खेलमा आर्दश माबि तुलसीपुर र ग्यालेक्सी माबि भिड्ने आयोजक क्लवका मोहन गौतमले जानकारी दिएका छन् ।

विद्यालय स्तरमा फुटबलको खेलको पहुँच अभिवृद्धि गर्ने उदेश्यका साथ प्रदेश नं ५ प्रहरी कार्यालय तुलसीपुर ७ को खेल मैदानमा संचालन हुने प्रतियोगितामा जिल्लाका ६ विद्यालयहरुको सहभागिता रहनेछ ।

माघ ७ गते सम्म संचालन हुने प्रतियोगिताको उपाधी चुम्ने टिमले खसी ट्रफी तथा प्रमाणपत्र हात पार्ने एकाडेमीका अध्यक्ष पवन कुमार योगीले जानकारी दिनु भएको छ ।

प्रतिकृया

प्रतिकृया