घोराही
६ माघ/ घोराही उपमहानगरपालिका १७ मा रहेको प्राबि क्वाडीको पछुर्खा एक दिने स्वास्थ्य जाँच शिबिरमा एक सय बढीले स्वास्थ्य जाँच गराएका छन् ।

गाँउमै उपचार सेवा प्रदान गर्ने उद्देश्यले संचालन गरिएको एक दिने स्वास्थ्य शिबिरमा १ सय १६ जनाले निशुुल्क स्वास्थ्य जाँच गराएका हुुन् ।

ADVERTISEMENT

  



शिबिरमा स्वास्थ्य जाँच गराएका अधिकांशमा रक्तचापको समस्या देखिएको जाँचमा संलग्न डा. दिलीप धिताले बताएका छन । उहाँका अनुुसार शिबिरमा उच्च रक्तचाप संगै दम, रुघाखोकी, दाँत सम्बन्धि समस्या देखिएको छ ।

घोराही उपमहानपालिका स्वास्थ्य शाखा, वडा नम्बर १७ र हरिद्धार शहरी स्वास्थ्य केन्द्रको संयुुक्त आयोजनामा भएको बिरामीलाई निशूल्क औषधि समेत वितरण गरिएको स्वास्थ्य केन्द्रका प्रमुुख देवा योगीले जानकारी दिएका छन ।

वडा नम्बर १७ का अध्यक्ष खुुशिराम चौधरीको अध्यक्षता तथा घोराही उप महानगरापालिकाका उपमेयर सीता सीग्देल न्यौपानेको प्रमुुख आतिथ्यतामा शिबिर संचालन भएको हो । कार्यक्रममा उपमेयर न्यौपानेले नगरका सबै नागरिकहरुको उपचार गाउँगाउँमा पुराउने योजनाका साथ काम गरेको बताएकि छन ।

रोग लाग्न दिनुभन्दा लाग्नै नदिनु बुद्धिमानी हुने भन्दै उनले खानपान, सरसफाईमा बिषेश ध्यान दिन आग्रह समेत गरेकी छन । कार्यक्रमको सहजीकरण वडा सदस्य रेवन्ता पुनले गरेकी थिइन ।

प्रतिकृया

प्रतिकृया