रोल्पा,
११-माघ /  रोल्पामा सामाजिक भावनाले ओतप्रोत भएका सत्प्रयास मीडिया ग्रुप रोल्पाबाट ‘कोसिस’ अभियान सम्बन्धि बिहीबार लिबाङमा जिल्लाका पत्रकारहरुसँग छलफल सम्पन्न भएको छ । उक्त अभियानले समाजका विभिन्न क्षेत्रमा जनचेतना फैलाउने भएको छ ।

समाज परिवर्तन चाहनाले र जागरुक समाज सेवीहरुले विकास, समृद्ध, उन्नती र समाजिक रुपान्तरण गर्ने कार्य वा गतिविधि नै ‘कोसिस’ अभियानको प्रमुख उद्वेश्य भएको अभियान्ता एवं नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका संस्थापक अध्यक्ष काशिराम डाँगीले बताए ।

ADVERTISEMENT

  



‘सुन्दर समाज निर्माणका लागि प्रयत्न’ भन्ने मूल नारा सहित यो अभियान सञ्चालन गरिएको अर्का अभियान्ता एवं नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका पूर्व अध्यक्ष खेमबहादुर मगरले बताए । अभियानको क्रममा मानसिक ठानिएका जनु सुकै मुद्वा, सवाल, एजेण्डा लगायतका विषयमा अभियानात्मक रुपमा छलफल, बहस, अन्तरिक्रिया, संवाद, सहजिकरण गरी सत्प्रयास मिडिया ग्रुपका अभियानकर्मीहरु सामाजिक रुपान्तरणमा जोडिएको अभियान्ता बुढामगरको भनाई छ ।

सञ्चार र अन्य क्षेत्रलाई कर्म क्षेत्र बनाएका तथा यस क्षेत्रलाई नजिकबाट औल्याउँदै आएका समाज सेवी उर्जा्शिल नागरिकहरुको एकीकृत समूहका रुपमा २०७२ साल जेठ ७ गते सत्प्रयास मीडिया ग्रुप लिबाङमा स्थापना गरिएको थियो । “यो ग्रुप अनौपचारिक रुपमा क्रियाशिल रहँदै आएको । रहनेछ”–अभियान्ता बुढामगरले भने । ग्रुपले राष्ट्रिय तथा जिल्ला स्तरका कुनै पनि समसामयिक सवालहरुमा बहस, छलफल, अन्तरक्रिया सञ्चालन गरी सञ्चारमाध्यम र छलफलका माध्यमबाट सचेतना अभिवृद्धि गर्ने र सरोकारवाला सबै निकायहरुलाई जवाफदेही बनाई सामाजिक सशक्तिकरणका गतिविधिलाई साथ दिनु यस ग्रुपको प्रमुख उद्वेश्य हो भने परिर्वतन, विकास र सामाजिक न्याय स्थापनाका लागि गतिविधि गर्न सञ्चारमाध्यममार्फत समेत पहलकदमी लिने ग्रुपको परिकल्पना गरेको छ ।

यस ग्रुपमा मुकेश कँवर, हेमन्त खत्री, राज भट्टराई, सुरेश घर्तीमगर र हरिबहादुर घर्तीमगर थप गरिएको अभियान्ता एवं स्वास्थ्यकर्मी कुलबहादुर डाँगीले बताए । रेडियो कार्यक्रम ‘हाम्रो यात्रा’ को सुरुवात समयमा कुल बहादुर डाँगी, खेमबहादुर डाँगी, चाङ चिराग, घनश्याम आचार्य, मौसम रोका, खेमराज गाउँले र सन्तोष शर्मा आवद्व रहेका थिए  ।

उक्त कार्यक्रम प्रस्तोता आशिष क्षेत्री, मनिषा श्रेष्ठ, विनोद डाँगी, मनिषा राई, उमा के.सी, देवी गुरुङ, रामेश डाँगी लगायतले विभिन्न कार्यक्रम श्रृङ्खलामा प्रस्तुत गर्दै आएको अभियान्ता बढागमरले जानकारी दिए । ‘कोसिस’ अभियानको क्रममा कुनै निकायले निश्चित विषयवस्तुमा छलफलका लागि ग्रुपलाई अनुरोध गरेको खण्डमा सहज रुपमा नै सहजिकरण गर्ने उनले बताए  ।

गत वर्ष नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कोटगाउँका कक्षा दशमा अध्यायरहत छात्रछात्राहरुमा एस.इ.इ. परीक्षाको तनावकै करणमा अध्यायनमा समस्या आएको अवस्थामा विद्यालयका प्रधानाध्यापकको अनुरोधमा तनाव व्यवस्थापन सम्बन्धि सहजिकरण गरेको स्मरण गर्दै अभियान्ता खेमबहादुर बुढामगरले ग्रुपकै पहलमा विभिन्न सामाजिक विषयवस्तु लगायत विभिन्न विषयमा वहस, छलफल, सहजिकरण गर्न सकिने समेत बताए ।

प्रतिकृया

प्रतिकृया