तुलसीपुर,
११-माघ /  जनता बैंक तुलसीपुरले गरिब तथा जेहेन्दार बिद्यार्थीलाई छात्रबृति बितरण गरेको छ ।

शुक्रबार माबि सेन्टर तुलसीपुरको ४८ औं बार्षिकोत्सवको अवसरमा कक्षा ११ मा अध्यनरत अशोक आचार्यलाई छात्रबृति बितरण गरेको हो ।

ADVERTISEMENT

  



आचार्यको पढाईमा थप सहयोग पुगोस भनी पाँच हजारको चेक हस्तान्तरण गरिएको हो । बैंकका मेनेजर उमंग अधिकारीले उनलाई पाँच हजारको चेक हस्तान्तरण गरेका हुन् । बिद्यार्थीहरुको सिकाई स्तर बृद्धि गर्न सहयोग गरिएको अधिकारीले बताए ।

माबि सेन्टरको नाम परिबर्तन गरौ: मेयर पाण्डे
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले माबि सेन्टरलाई नाम परिबर्तन गरेर तुलसीपुर‘सेन्टर’ माबि बनाउनु पर्ने बताए ।

माबि तुलसीपुरको ४८ औं बार्षिकोत्सवको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा प्रमुख अतिथि पाण्डेले उक्त बिद्यालयको नाम परिबर्तन गरि उक्त बिद्यालयलाई तुलसीपुर सेन्टर माबि बनाउनु पर्ने बताए ।

बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष लेखतनाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमख अतिथि पाण्डेले नाम मात्र नभई त्यसको गुणस्तरमा परिबर्तन गर्नुपर्ने बताए । ‘यो बिद्यालयको नाम परिबर्तन गरि तुलसीपुर सेन्टर माबि राखौं’ उनले भने‘ नाम परिबर्तन मात्रै होईन्, तुलसीपुरको केन्द्रीय बिद्यालयको रुपमा बिकास गरौं ।’ यस बिद्यालयको शैक्षिक गुणस्तर बृद्धिसंगै प्राबिधिक तथा ब्यबसायीक शिक्षाको बिकास गर्नुपर्ने समेत बताए ।

उनले बिद्यार्थीहरुलाई किताबी ज्ञान मात्रै नभई ब्यबहारिक ज्ञान दिनुपर्ने बताए ।कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक भागवत पौडेलले २०२७ सालमा स्थापना भएको उक्त बिद्यालयले उल्लेख्य रुपमा प्रगति गर्न नसकेको भन्दै सबै निकायले ध्यान दिनुपर्ने बताए ।

प्रतिकृया

प्रतिकृया