मेगमन बुढा, राजपुर
१४-माघ /  दाङको राजपुर गाउँपालिकामा हात्तीपाईले रोग निवारणका लागि छलफल भएको छ ।

राजपुर गाउँपालिका र स्वास्थ्य शाखा गंगदीको आयोजनामा हात्तीपाईले रोगसम्बन्धी स्थानीय तहमा छलफल भएको हो ।

ADVERTISEMENT

  



साथै राजपुर गाउँपालिकामा पनि यही फागुन १५,१६ र १७ गते हात्तीपाईले रोग बिरुद्धको औषधी खुवाउने कर्यक्रम रहेकालाई त्यसलाई प्रभाबाकरी बनाउने बिषयमा पनि छलफल भएको थियो । साथै गाउँपालिका भित्रका कुनै पनि नागरिकलाई औषधी खुवाउन छुटाउन नहुँने समेत बताईएको थियो । अभियानलाई सफल पार्न सञ्चार माध्यामलगायत अन्य माध्यामबाट पनि प्रचारप्रसार गर्ने निर्णय भएको छ ।

कार्यक्रममा राजपुर गाउँपालिकाका उपप्रमुख धनपती यादव, राजपुर सामाजिक विकास समितिका संयोजक नरेन्द्रसिंह भण्डारी, राजपुर स्वास्थ्य चौकीका संयोजक पप्पुकुमार यादव, बेला स्वास्थ्य चौकीका संयोजक सचिन्द्र कुमार यादव, पशु सेवा शाखा जंग्रहवाका संयोजक अनन्तराज रेग्मी,नेपाल रेडक्रस सोसाइटी उपशाखा राजपुरका सामाजिक परिचालक केशव कार्की, शिक्षक खिम बहादुर बस्नेतलगायतले भनाई राखेका थिए ।

कार्यक्रमको बारेमा बेला र राजपुर स्वास्थ्य चौकीका संयोजक कमल रोकाय, एमबिबिएस डाक्टर अरविन्द पोख्रेलले जानकारी गराएका थिए ।

प्रतिकृया

प्रतिकृया