लमही,
२३-माघ /  नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जले राप्ती प्राविधिक शिक्षालयका प्रमुखलाई एक कार्यक्रमको आयोजना गरी विदाई तथा स्वागत गरेको छ ।

लमही आँखा अस्पतालमा शिक्षालयबाट सुरुवा भई जानलागेका प्रमुख राजेन्द्र प्रसाद चौधरीलाई विदाई तथा नवनियूक्त प्रमुख मोतिलाल चौधरीलाई स्वागत गरेको हो ।

ADVERTISEMENT

  



चिफ मेडिकल डाइरेक्टर डा. सुलक्ष्मी कटुवालको अध्यक्षता तथा नेपाल नेत्रज्योति संघ दाङका उपसभापति रेशमबहादुर खड्काको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले जिल्लामै पहिलो पटक राप्ती प्राविधिक शिक्षालय र नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जको सहकार्यमा नेत्र सहायक कक्षा सञ्चालन गरि विद्यार्थीहरुलाई नेत्रसहायकको पढाई दाङमै सञ्चालन गर्ने अवसर प्रदान गरेको बताएका थिए ।

साथै हाल सञ्चालन हुदै आएको नेत्रसहायक कक्षाबाट दक्षजनशक्ति उत्पादन गर्न सवै लाग्ने बताएका थिए । कार्यक्रममा बोल्दै नवनियूक्त प्रमुख मोतिलाल चौधरीले पाँच नम्वर प्रदेशमा अव ११ सय जना नेत्र सहायकहरु उत्पादन हुने भन्दै संघद्धारा सञ्चालीत अस्पतालहरु संग सहकार्यगरी अन्य विषयहरुका कक्षाहरु समेत सञ्चालन गर्ने बताए । त्यस्तै संघका उपसभापति रेशमबहादुर खड्का र अस्पतालका चिफ मेडिकल डाइरेक्टर डा. सुलक्ष्मी कटुवालले शिक्षालय र अस्पतालले सञ्चालन गरेको अफथाल्मीक्स साइन कार्यक्रमलाई नमुना योग्य बनाउनुपर्ने बताएका थिए ।

कार्यक्रममा सरुवाभई जान लागेका राजेन्द्र प्रसाद चौधरी, नेपाल नेत्रज्योति संघका सहकोषाध्यक्ष घनश्याम सुवेदी, सदस्य शेषमणि गौतमलगायतले शुभकामना व्यक्तगरेका थिए । अस्पतालका वरिष्ठ प्रशासकिय अधिकृत सम्शेर थापाको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सहजिकरण सूचना अधिकारी बालाराम खड्काले गरेका थिए । हाल दाङमा नेपाल नेत्रज्योति संघ र प्राविधिक शिक्षालयले सञ्चाल गरेको नेत्र सहायक कक्षामा १२० जना विद्यार्थीहरुले अध्यन गरिरहेका छन् ।

प्रतिकृया

प्रतिकृया