तुलसीपुर
२६ माघ/दाङको तुलसीपुरमा अत्याधुनिक प्रयोगशालाको उद्घाटन गरिएको छ ।

शनिबार प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसीले जिनोमिक डायग्योस्टीक ल्यावरेटोरी प्रालिको उद्घाटन गरेका हुन् । प्रालिका अध्यक्ष सुरज ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि केसीले तुलसीपुरमा उक्त ल्याब सञ्चालन हुनु स्वास्थ क्षेत्रमा ठुलो उपलब्धी भएको बताए ।

ADVERTISEMENT

  



कार्यक्रममा बिशिष्ठ अतिथि डा. बिनोद सिह,तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिरबहादुर रावतलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।प्रयोगशालाबाट विभिन्न रुटिन परीक्षणहरु,साुमदायिक स्वास्थ्य परीक्षण,विशेष अवसरमा निशुल्क प्रयोगशाला जाच सेवा,परामर्श सेवालगायतको सेवा दिने एमडी सन्तोष धौलाकोटीले बताए ।

नेपाल सरकारबाट मान्यताप्राप्त ल्याब सेवा करिव २ करोडको लगानीमा सुरुभएको छ । सो प्रयोगशालामा होलबडी चेक अप,थाईराईट,मृगौला ,कलेजो,आईरण,कल्चरलगायतका सेवा प्रदान गरिने भएको छ ।

प्रतिकृया

प्रतिकृया