तुलसीपुर,
२८-माघ /  नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) तुलसीपुर उपमहानगर कमिटिले गाडि दुर्घटनामा परि गम्भीर घाईते भएका प्रदेश नं. ५ का प्रदेशसभा सदस्य उतरकुमार वलीको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

सोमबार अध्यक्ष खुसीराम चौधरी र सचिब माधब वलीले एक बिज्ञप्ति जारी गरि दाङ क्षेत्र नं ३ को प्रदेशसभा २ बाट निर्वाचित वलीको शिघ्रस्वास्थ्य लाभको कामना गरेका हुन् ।

ADVERTISEMENT

  



बिहीबार दाङ लमही–घोराही सडकखण्डको चिसापानीमा भएको दुर्घटनामा परि गम्भीर घाईते भएका वलीको हाल काठमाडौंको मेडासिटी अस्पतालमा उपचार भईरहेको छ ।

वस र कार एक आपसमा ठोक्किदा गम्भीर घाईते भएका उनको स्वास्थ्य क्रमिक रुपमा सुधाई भईरहेको उपचारमा संलग्न डाक्टरहरुले बताएका छन् ।

प्रतिकृया

प्रतिकृया