फाईल फोटो

 

रुकुम,
२०-पुस /  पश्चिम रुकुममा बिहिबार ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । अन्य चार घाइते भएका छन् ।

सानीभेरी गाउँपालिका– ९ सिम्लीमा मध्यपहाडी लोकमार्ग निर्माणमा प्रयोग गरिएको म १ त १३५ नंको ट्र्याक्टर दुर्घटना हुँदा निर्माणमा संलग्न मजदुर आठबिसकोट नगरपालिका–११ का १७ वर्षीय प्रेम विकको मृत्यु भएको हो ।

दुर्घटनामा सोही ठाउँका २० वर्षीय डिलबहादुर सिर्पाली, २४ वर्षीय इन्द्रबहादुर विक, आठसिकोट नगरपालिका–९ का १८ वर्षीय गणेश पुन र ट्र्याक्टर चालक बर्दियाका रामसागर चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

चौधरी, पुन र विकको अवस्था गम्भीर रहेको छ । सानीभेरी नदीबाट बालुवा लैजादै गर्दा सो ट्र्याक्टर दुर्घटनामा परेको हो ।

 

प्रतिकृया

प्रतिकृया