तुलसीपुर,
८-फागुन /  उच्च शिक्षा अध्यनको लागि अष्ट्रेलिया जाने विद्यार्थीहरुको लागि दाङबाटै पहिलो पटक स्टुडेन्ट भिजा लागेको छ ।

उच्च शिक्षा अध्यनका लागि विद्यार्थीहरुलाई अष्ट्रेलिया पठाउदै आएको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेसको दाङ शाखा कार्यालय मार्फत पहिलो पटक भिजा लाग्न सफल भएको शाखाका निर्देशक सुनिल राजभण्डारीले जानकारी दिएका छन ।

दाङका प्रिन्स शर्मा एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेसको दाङ शाखा मार्फत लागेको स्टुडेन्ट भिजाबाट उच्च शिक्षा अध्यनको लागि अष्टेलिया जाने भएका हुन । दाङमा सञ्चालनमा आएको छोटो समयमै उनले भिजा प्राप्त गरेका हुन ।

स्टुडेन्ट भिजा पक्रियाको लागि उनलाई दुई महिना लागेको र उनि अष्टेलियामा उच्च शिक्षा अध्यनको लागी ३ बर्षको लागि जाने भएका हुन । अष्टेलियामा रहेको सि एस यु युनिभर्सि्टिमा अध्यन गर्ने सुनिल राजभण्डारीले जानकारी दिएका छन ।

अष्ट्रेलिया पछील्लो समय नेपाली विद्यार्थीको पहिलो रोजाईमा बन्दै आएको छ । त्यहाँ अहिलेपनि अध्यनको लागि जान चाहने नेपाली विद्यार्थीहरु थुप्र्रै रहेका छन् । पच्ल्लो 

विश्वव्यापी मान्यता प्राप्त शैक्षिक डिग्री र रोजगारीको राम्रो अवसरका कारण अष्ट्रेलिया नेपाली विद्यार्थीको आकर्षक गन्तव्य बन्दै गएको छ । नर्सिङ, आइटी, इञ्जिनेरिङ, हस्पिटालिटी, विजनेश, पब्लिक हेल्थ, प्रोजेक्ट म्यानेजमेन्ट जस्ता विषय अष्ट्रेलियामा नेपाली विद्यार्थीले अध्यन गर्दै डिग्री हासिल गर्दै आएका छन् ।

अध्यनका साथै नेपाली विद्यार्थीले त्यहाँ रोजगारीको राम्रो अवसर प्राप्त हुने अपेक्षाका कारण युवाहरुको आकर्षण अस्ट्रेलिया बन्न पुगेको हो ।

१५ औँ शाखा कार्यालयकोरुपमा दाङको घोराहीस्थित माना टावरमा सञ्चालमा रहेको एक्सपर्ट एजुकेसन कन्सलटेन्सीले केहि समय यता अष्ट्रेलियामा जान खोज्ने युवा विद्यार्थीलाई लक्षित गरी बिभिन्न जानकारी मुलक कार्यक्रमहरु समेत गर्दै आएको छ ।

 

प्रतिकृया

प्रतिकृया