मनिषा राई, रोल्पा 
९ फागुन / माडी गाउपालिका ३ साबिकको तालावाङ ५ सिम्रिमा मंगलबार करिव ७ः३० बजे आगलागी भएको छ । स्थानिय झक्कुप्रसाद घर्तीको घरमा आगलागी हुदा घर जलेर पुर्ण रुपमा नष्ट भएको छ ।

घरमा रहेको नगद रु ६५ हजार लगायत खाधान्न, लत्ताकपडा, भाडाकुडा, कुखुराहरु पुर्ण रुपमा जलेका छन् ।उक्त स्थानमा पानीको समस्याका कारण आगो नियन्त्रण गर्न कठिन भएको थियो । घरबाहिर रहेकोले गर्दा गाई, भैसि लगायत मानविय क्षेति भने भएको छैन ।

आगलागीको कारण भने रातीको समयमा बाटो हिड्ने मानिसले राको बालेर हिड्दा बारदलिमा रहेको खरमा आगो सल्किएर आगलगि भएको पिडित परिवारले बताएको छ ।यो समाचार तयार पार्दा सम्म उक्त स्थानमा प्रहरी नपुगेकोले थप बिवरण आउन सकेको छैन ।

प्रतिकृया

प्रतिकृया