मनिषा राई, रोल्पा 
१९ फागुन/ पश्चिम रोल्पाको परिवर्तन गाउपालिका ६ मा गाडीको ठक्करबाट एक जना घाइते भएका छन् । शनिवार दाङबाट खरिवोट तर्फ जादै गरेको ना ४ ख ७८६८ नं.को गाडीको ठक्करबाट पैदल यात्री परिवर्तन गाउपालिका ५ निवासि अन्दाजि ७१ बर्षिय टेक बहादुर घर्तीमगर घाइते भएका छन् ।

घाइतेको दाया खुट्टा भाचिएको छ । घाइतेलाई माडी गाउपालिका २ घर्तीगाउमा अवस्थित स्मृति हस्पिटल प्रालिमा ल्याइएको इप्रका घर्ती गाउले जानकारी दिएको छ । ठक्कर दिने गाडीलाई इप्रका इरिवाङले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया

प्रतिकृया