शिवु खनाल, देउखुरी
२४ फागुन / १०८ औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा देउखुरीको विभिन्न स्थानमा औपचारीक कार्यक्रम, ¥याली र प्रतियोगीता आयोजना गरिएका छन् । लमही नगरपालिका, गढवा गाउँपालिका, राजपुर गाउँपालिका, राप्ती गाउँपालिकाको विभिन्न स्थानमा कार्यक्रम आयोजना गरिएका छन् । महिलासंग सम्वन्धि संघ संस्थाले विभिन्न चेतना मुलक कार्यक्रमका आयोजना गरेका हुन ।

लमहीमा नगरपालिका स्तरीय महिला समन्वय समितिका अध्यक्ष द्रोपदी पौडेलको अध्यक्षता एवम् प्रदेश सभा सदस्य सरस्वती गौतमको प्रमुख आतिथ्यमा कार्यक्रम भयो । गौतमले संविधानमा महिला अधिकार सुनिश्चित भएको भन्दै अव संकुचित मानसिकतामा परिवर्तन आउन जरुरी रहेको बताइन ।

उपमेयर देवका बेलवासे, वडा नं. ५ का अध्यक्ष विमबहादुर केसी, नेकपा माओवादी केन्द्रकी पोलीट ब्यूरो सदस्य नारायणी शर्मा, नेकपा एमालेकी जिल्ला सचिवालय सदस्य मिना गुरुङ, नेपाल पत्रकार महासंघका जिल्ला उपाध्यक्ष लिला शाह, सामुदायीक रेडियो प्रसारक संघ प्रदेश ५ का अध्यक्ष केपी घिमिरे, नागरिक समाज दाङका जिल्ला उपसंयोजक निमबहादुर थापा लगाएतका वक्ताहरुले मन्तब्य ब्यक्त गरेका थिए । योगमाया शाहीको स्वागत मन्तब्य वाट सुरु भएको कार्यक्रमको सहजीकरण चुमा आचार्यले गरेकी हुन ।

त्यस्तै साविक सोनपुर गाविसस्तरीय महिला सञ्जालका अध्यक्ष शोभा घिमिरेको अध्यक्षता एवम् प्रदेश सभा सदस्य रेवतीरमण शर्माको प्रमुख आतिथ्यमा कार्यक्रममा भयो । त्यसक्रममा शर्माले महिला अधिकार, शसक्तिकरण र सामाजिक न्यायको क्षेत्रमा प्रदेश सरकारले कार्यक्रम वनाउने प्रतिवद्धता ब्यक्त गरेका थिए ।

कार्यक्रममा उपमेयर देवका बेलवासे, जखेरा ताल महिला विकास बचत तथा ऋण सहकारी संस्थाका कमला भट्टराई, सरश्वती भुसाल लगाएतका वक्ताहरुले मन्तब्य ब्यक्त गरेका थिए । सुशीला चौधरीको स्वागत मन्तब्य वाट सुरु भएको कार्यक्रमको सजहीकरण कल्पना चौधरीले गरेकी हुन ।

त्यस्तै राजपुर गाउँ पालिका वडा नम्बर ५ जङग्रहवामा पनि कार्यक्रम भएको छ ।राजपुर गाउँ पालिका, महिला तथा बालबालिका शाखा, सिसा नेपाल, दक्षिण देउखुरी अधिकार मञ्चको आर्थिक सहयोग र सोमयथान महिला बचत तथा ऋण सह्कारी सस्था बेलाको आयोजनामा कार्यक्रम भएको हो । जहाँ चेतना मुलक लोक गीत र बकतृत्व कला प्रतियोगिता आयोजना गरिएको थियो ।

राजपुर गाउँपालिका उपाध्यक्ष धनपती यादवको अध्यक्षता तथा गाउँपालिकाका प्रमुख लोकराज केसीको प्रमुख आतिथ्यता र प्रमुख प्रशासकीय अधिकृत टंकराज गौतमको विशिष्ट आतिथ्यमो कार्यक्रम भएको हो ।

कार्यक्रमर्लाइ गाउँपालिका सदस्य निमकुमारी झाँक्री मगर, वडा नम्बर ४ का वडा अध्यक्ष रामेश्वर यादव, दक्षिण देउखुरी अधिकार मञ्चका म्यानेजर शहदेब यादव, सिसा नेपालका सामाजिक परिचालक पटवारी यादव, भवानी अधिकारी, बालिका पोखरेल, चंगुवा प्रहरी चौकीका प्रहरी नायब निरीक्षक बुद्धि प्रकाश राना लगाएतले मनतव्य व्यक्त गरेका थिए ।

मायारुपी चौधरीको स्वागत मन्तव्य बाट संचालन भएको कार्यक्रमको सहजीकरण सोमयथान महिला बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष पुष्पा यादवले गरेकी थिइन ।

प्रतिकृया

प्रतिकृया