दाङ,
२६-फागुन /  राप्ती अञ्चल लिकर्स एशोसियसनको ११ औँ साधारणसभा शनिवार घोराही उपमहानगरपालिका वडा नम्बर १३ बाह्रकुने दहमा भएको छ । एशोसियसनका अध्यक्ष टंकसिंह बुढाथोकीको अध्यक्षता एवं नेपाल मदिरा व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष कृष्णप्रसाद नेपालको प्रमुख आतिथ्यमा भएको साधारणका वक्ताहरुले मदिरा व्यवसायिहरुका समस्या समाधानका लागि सम्पूर्ण मदिरा व्यवसायिहरु एक भएर लाग्नुपर्ने बताएका थिए ।

 कार्यक्रममा केन्द्रिय अध्यक्ष नेपालले मदिरा व्यवसायलाई नमूना बनाउनका लागि सम्पूर्ण व्यवसायिहरु एक भएर लाग्न अनुरोध गरे । उनले मदिरा व्यवसायिहरुका लागि देखिएका समस्या समाधानका लागि महासंघले पहल गरिरहेको पनि बताए ।

कार्यक्रमका विशिष्ठ अतिथि दाङ जिल्ला उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष बसन्त जोसीले मदिरा व्यवसायिहरुले दाङ लगायत राप्ती क्षेत्रमा नमूना काम गरिरहेको बताउदै यो व्यवसायलाई पर्वद्धन गर्नका लागि उद्योग वाणिज्य संघ लागिपर्ने बताए । कार्यक्रममा अध्यक्ष बुढाथोकीले मदिरा व्यवसायिहरुको समस्या समाधानका लागि लिकर्स एशोसियसन निरन्तर लागिरहेको बताए । यसकालागि सम्पूर्ण लिकर्स व्यवसायिहरु एक भएर अगाडी बढ्नुपर्ने भन्दै अध्यक्ष बुढाथोकीले विभिन्न क्षेत्रमा उपसमितिहरु गठन गर्ने योजनामा लिकर्स रहेको जानकारी दिए ।

कार्यक्रममा दाङ जिल्ला उद्योग वाणिज्य संघका कोषाध्यक्ष सुशील पोख्रेल, रुपन्देही मदिरा व्यवसायी संघका उपाध्यक्ष टिकाराम पन्थी, दाङ देउखुरी होटल व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष दिपेन्द्र पुन मगर, राप्ती अञ्चल बजार प्रतिनिधी एशोसियसनका अध्यक्ष दिनानाथ शर्मा, प्राजान्त्रिक उद्यामी संघका अध्यक्ष गुरुप्रसाद कँडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । त्यस अवसरमा महासचिव श्रीधर धितालले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष टिकाजंग वलीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

एशोसियनका वरिष्ठ उपाध्यक्ष देवबहादुर केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा केशव घिमिरेले धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रमको सहजिकरण श्रीधर धितालले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया