लिला शाह, गढवा,
२७-फागुन / नेपाल पत्रकार महासघ दाङले आइतवार गढवामा ‘राप्ती पारीको बिकासमा सचारको भूमिका’ बिषयक अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रमका बक्ताहरुले बिकासको प्रसस्त सम्भाबना भएपनि समस्यै समस्याले घेरिएको राप्ती दक्षिण भेगलाई बिकास र समृद्धिले छुन नसकेको बक्ताहरुले गुनासो गरे । मिडियाको भूमिका फराकिलो हुनुपर्ने बताएका उनीहरुले ओझेलमा परेका स्थानहरुका समस्या उजागर गर्न आग्रह गरेका छन् ।

 

गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादबले दाङको दक्षिण भेगमा रहेको गढवाको समग्र बिकासको लागि सिष्टम र पहँुचको बिकास हुन जरुरी रहेको बताए । उर्बर भूमि रहेको भेगमा कृषिको बिकासको लागि सुरु भएको बड्कापथ सिंचाई आयोजना निर्बिध रुपमा संचालन हुनुपर्ने माग गरे । कालाकाँटे, गढवा राजपुर हुदै सिक्टासम्मको बाटो कालोपत्रेका लागि सरकारले उचित सम्बोधन गर्नुपर्ने , लमही कोयलाबास सडक क्षेत्रमा परेका जग्गाधनीहरुलाई मुआब्जाको ब्यबस्था तत्काल गर्नुपर्ने उनले बताए ।

नेपाल पत्रकार महासघ दाङका अध्यक्ष सबिन प्रियासनको अयक्षतामा कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष शान्ती चौधरीले महिलाको क्षमता विकासका लागि आबश्यक बजेट बिनियोजनमा पहल गर्ने बताइन । गढवा गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष बालचन्द्र हमालले समस्याले जेलिएको गढवा क्षेत्रको बिकासमा सरकारको ध्यानाआर्कषण गराउन मिडियाले निरन्तर खबरदारी गर्नुपर्ने बताए ।

कार्यक्रममा सामुदायिक रेडियो प्रसारक संघ प्रदेश ५ का अध्यक्ष केपी घिमिरे, नागरिक समाज दाङका सहसयोजक निमबहादुर थापा, नेपाली काँग्रेसका प्रतिनिधि सकुन्तला डिसी, जनमोर्चाका गुणनिधी शर्मा, कपिल देब खनाल,संघीय समाजबादी फोरमका अशोक यादब लगाएतले मनतव्य व्यक्त गरेका थिए ।

 

 

प्रतिकृया

प्रतिकृया